
मेचीनगर । नेपाल भारत सीमाक्षेत्रमा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार नेपालको पूर्वी नाका मेची नदीको नेपाल भारत सीमाको नेपालतर्फको क्षेत्र मेचीनदीको किनारमा बालुवाले पुरेर राखेको अवस्थामा डिटोनेर ८० थान र नेपोलाईट ९१ थान शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले फेला पारेको बताईएको छ । प्राप्त प्रारम्भिक जानकारी अनुसार ठूलो परिमाणमा फेला परेको सो वस्तु विस्फोटक वस्तु (बम)समेत बनाउन प्रयोग हुने बुझिएकोे छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार नेपाल भारत सीमा नदी मेचीनदीको नेपालतर्फ नदी किनारमा बालुवाले पुरेको अवस्थामा सो वस्तु फेला परेको हो । प्राप्त जानकारी अनुसार ती वस्तुको प्रयोग विस्फोटन गराउन र विस्फोटक वस्तु बनाउनका लागि प्रयोग गरिने समेत बताईको छ ।



