

मेचीनगर । करिब एक सातामा मेचीनगरपालिका क्षेत्रमा आगलागीका घटना भईरहँदा मेचीनगरपालिकाको बारुण यन्त्र दुरुस्त नहुँदा स्थानीय आईतबार सडकमै प्रदर्शन गरेकाछन् । आईतबार पूर्वी नाका काँकरभिट्टामा स्थानीयले दमकलको माग गर्दै सडकमा प्रदर्शन गरेका हुन् ।यो समाचार तयार गर्दा सम्म पूर्व पश्चिम राजमार्गमा टायर बालेर नारावाजी गर्दै उनीहरुले सडक अबरुद्ध गरेकाछन् । आईतबार विहान मेचीनगर ६ स्थित भानुटोलका दुई घर जलेर नष्ट भएका थिए तर मेचीनगरपालिकाको बारुण यन्त्र दुरुस्त नभएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए।




