मूल खबर

मेचीनगरमा मतगणना सुरु

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिकामा भर्खरैदेखि मतगणना सुरु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार अहिले भर्खरै १ वजेर १५ मिनेटदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताए ।

नगरको १५ वटै वडाको १०२ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम शनिवार राति नै सम्पन्न भएको थियो ।
पहिलो चरणमा वडा नम्बर १ देखि मतगणना सुरु भएको बुझिएको छ ।

मेचीनगरका १५ वटा वडाका १८९ मतपेटिकामा मतपत्र राखिएको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा कडा सुरक्षा घेराबीच राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button