मूल खबर

मेचीनगरमा मेयरमा काँग्रेस र उपमेयरमा एमालेको अग्रता

काँकरभिट्टा । झापाको मेचीनगरमा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक ८० मत गन्दा काँग्रेसका मेयरका उम्मेद्वार इन्द्र बुढाथोकीले ३२ मत ल्याएका छन् ।
मेयरमा एमालेका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले ३१, उपमेयरका उम्मेद्वार मीना उप्रेतीले २९, माओवादी केन्द्रका उपमेयरका उम्मेद्वार प्रकाश भण्डारीले २२ मत ल्याएका छन् ।
राप्रपाको मेयरमा उम्मेद्वार रहेका रमेश दाहालले ८ उपमेयरकी उम्मेद्वार सविना बजगाईंले १६ मत ल्याएकी छिन् ।
अहिले मेचीनगर १ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना भइरहेको छ । मेचीनगरको वडा नं १ मा ३५ सय मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button