मूल खबर

मेचीनगरको मेयरमा कांग्रेसका बुढाथोकीको फेरि अग्रता

काँकरभिट्टा । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट नेपाली कांग्रेसका मेयरका उम्ममेद्वार इन्द्रबहादुर बुढाथोकीले फेरि अग्रता लिएका छन् ।
प्राप्त पछिल्लो जानकारी अनुसार २७८ मत गणना गर्दा कांग्रेसका मेयरका उम्मेद्वार बुढाथोकीले ११९ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले ११२, राप्रपाका रमेश दाहालले २० र मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले ५ मत ल्याएको छ ।

त्यस्तै उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती ११९, माओवादी केन्द्र प्रकाश भण्डारी ७२, राप्रपाकी सविना बजगाईको ३६, भाले चिन्हले ६ र डिल्लीराम घिमिरेको धाराले १ मत ल्याएर खाता खोलेको छ ।

यसैगरी, वडाध्यक्षमा एमालेमा ११२, कांग्रेसको १२२, हलो १८ र भालेको ४ मत प्राप्त भएको निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button