मूल खबर

नेकपा (एकीकृत समाजवादी)ले झापामा खाता खोल्यो, कमल २ मा पुरै प्यानल विजयी

दमक । नेकपा (एकीकृत समाजवादी)ले झापामा खाता खोलेको छ ।

गठबन्धनका तर्फबाट निर्वाचन लडेको एकीकृत समाजवादीले पुरै प्यानल जितेको हो । कमल गाउँपालिका वडा नं २ मा एकीकृत समाजवादीका अशोक सुब्बाले वडाध्यक्ष जितेका छन् । उनले एमालेका धनबहादुर बस्नेतलाई हराएका छन् । लिम्बूले १८६० र बस्नेतले १०३४ मत पाए ।

त्यस्तै सदस्यहरुमा एकीकृत समाजवादीका भिमबहादुर कार्की, महेन्द्र खत्री, सोममाया नेपाली, कल्पना राई निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button