मूल खबर

बुद्धशान्तिको वडा नं १ मा नेकपा एमालेले प्यानलै विजयी

मेचीनगर । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं१ मा नेकपा एमालेले वडाध्यक्षसहित प्यानल नै जितेको छ ।

सो वडामा एमालेका अनिल वाग्ले वडाध्यक्षमा विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरे । त्यस्तै राप्रप्राका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा वाग्लेसँगै महिला सदस्यमा तुलसा खतिवडा रेग्मी १७२२, दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा १६५९ , खुल्ला सदस्यमा मोहनकुमार राई १३६० र लक्ष्मीप्रसाद कँडेल १४२१ मतसहित विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button