मूल खबर

भारतका प्रधानमन्त्री मोदीले लुम्बिनीमा आज बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको आधारशिला राख्ने

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाको निमन्त्रणमा लुम्बिनीको भ्रमणमा आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ बौद्ध संस्कृति तथा सम्पदाको लागि भारत अन्तर्राष्ट्रिय केन्द्रको आधारशिला राख्ने कार्यक्रम रहेको छ । भारतको प्रयासमा स्थापना हुने यो केन्द्रमा बौद्ध परम्पराको बारेमा अध्ययन हुने भएको छ ।

अपराह्न दुवै देशका प्रधानमन्त्रीहरूबीच ंद्विपक्षीय बैठक हुने र दुवै देशले सांस्कृति तथा शैक्षिक क्षेत्रमा सहयोग अभिवृद्धि गने विषयमा छलफल हुने भारतीय पक्षले जनाएको हो ।

प्रधानमन्त्री मोदीको सम्मानमा आयोजना गरिने भोजमा प्रधानमन्त्री देउवाको क्याबिनेटका मन्त्रीहरूको सहभागिता रहने छ । सन् २०१४मा प्रधानमन्त्री भएपछि मोदीको यो नेपाल भ्रमण पाँचौँ हो । सन् २०१९मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा जितेपछि मोदीको यो पहिलो नेपाल भ्रमण हो ।
यसअघि प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको क्रममा राजधानी काठमाडौंस्थित पशुपतिननाथ मन्दिर, जनकपुरधाममा जानकी मन्दिर, मुस्ताङस्थित मुक्तिनाथमन्दिरको दर्शन गरी पुजाआजा गरेका थिए ।

हालै प्रधानमन्त्री देउवाले भारतको भ्रमणको क्रममा वाराणसीको काशी विश्वनाथ र कार भैरव मन्दिरमा पुजाआजा गरेका थिए । देउवाले सो भ्रमणको क्रमा विधुवाहरूका लागि आश्रय गृहको शिलान्यास गरेका थिए । मोदी बिहान पौने एघार बजेतिर नेपाल पुग्ने भएका हुन् । नेपाल पुगेपछि मोदी लुम्बिनीस्थित माया देवी मन्दिरमा आयोजित विशेष प्रार्थना सभामा सबै भन्दा पहिले सरिक हुने छ । बुद्ध पूर्णिमाका अवसरमा उनले अशोक स्तम्भ अगाडि घिउको दीप प्रज्ज्वलन गर्ने र बोधी वृक्षमा जल अर्पण गर्नेछन् ।२५६६औँ बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।झिल्को डटकम

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button