खबर

झापामा नेकपा( माओवादी केन्द्र)ले खाता खोल्यो

मेचीनगर । नेकपा (माओवादी केन्द्र)ले झापामा खाता खोलेको छ ।

भद्रपुर नगरपालिका ४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको हो । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका हंशधर राजवंशीले नेकपा एमालेका पूर्णबहादुर लिम्बूलाई ३३१ मतले पराजित गरेका हुन् । राजवंशीले १२६६ र लिम्बूले ९३५ मत ल्याएका छन् ।

सदस्यमा भने एमालेका तीन र माओवादीका एकजना निर्वाचित भएका छन् । खुल्ला सदस्यमा एमालेका माधवप्रसाद अधिकारी ९४२ , अर्जुन बानिया ८९८ र दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा ८६५ मतसहित विजयी भएका छन् भने महिला सदस्यमा माओवादीकी सविता पुरी १०२० मत ल्याई निर्वाचित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button