मूल खबर

धुनीबेंसीको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेस विजयी

काठमाडौं । धादिङको धुनबेंसी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि विजयी भएका आचार्य ८ हजार ७०६ मत पाउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५९२ मत ल्याए ।

यसैगरी धुनीबेंसीको उपमेयरमा नेपाली कांग्रेसका सुरज उप्रेती निर्वाचित भएका छन् । उनले ८ हजार ३८७ मत पाउँदा प्रत्यासी एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार ४७० मत पाइन् ।यो नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।२०७४ सालको निर्वाचनमा धुनीबेंसीको मेयर र उपमेयर दुवै पदमा एमालेले विजयी भएको थियो ।अनलाइनखबर

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button