कला

जनवादी गीतले जुराएको जोग

धुलाबारी / वामपन्थी दलहरुले विशेष गरी चुनावी दौरानका बेला जनमत जुटाउन प्रगतिशील गीत घन्काउने गर्छन् । न कुनै कम्युनिष्ट पार्टीको कार्यक्रम थियो, नत चुनावी सभा नै । तर, सोमबार मेची उद्योग वाणिज्य संघको कार्यक्रम हल जनवादी गीतले गुञ्जायमान बन्यो । झण्डै ६ घण्टाको कार्यक्रममा सहभागीमध्ये अधिकांश वामपन्थी धारका व्यक्तित्व थिए । गैरवामपन्थी पृष्ठभूमिका व्यक्तित्वको समेत उत्साहपूर्वक सहभागिता रहेको कार्यक्रम ख्यातीप्राप्त संगीतकार टीकाप्रसाद भण्डारीले आयोजना गरेका हुन् । जनगायक भण्डारीले ४२ सय जनवादी गीत संग्रह गरेका छन् भने तीमध्ये १६ वटा गीत कार्यव्रmममा प्रस्तुत गरिएको थियो । कार्यव्रmममा उक्त गीत गुञ्जिएपछि परिवर्तनका निम्ति विभिन्न कालखण्डमा होमिएका योद्धाहरु स्तब्ध मात्र बनेनन् उनीहरुले परिवर्तन प्राप्तिका लागि सहादत प्राप्त गरेका सहयात्रीहरुलाई समेत सम्झिए ।

राजनीतिशास्त्र विषयमा विद्यावारिधि गर्ने तयारी गर्दै गरेका उनले विभिन्न क्षेत्र र आस्थाका दिग्गज व्यक्तित्वलाई एकै थलोमा जमघट गराएका हुन् । त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभाग कीर्तिपुरबाट विद्यावारिधि गर्न लागेका हुन् भण्डारी । त्यसक्रममा अनुसन्धान प्रयोजनका लागि उनी क्षेत्रगत समूह छलफल अभियानमा छन् ।
‘नेपालको राजनीतिक परिवर्तनमा प्रगतिशील गीतको योगदान’ विषयक शोध पत्र तयार गर्न अनुसन्धाता भण्डारीले उक्त कार्यक्रम आयोजना गरेका हुन् । त्यस बारेमा शोधकार्यका लागि भएको समूह केन्द्रीत छलफलमा प्रगतिशील विचारधाराको निर्माण, देशभक्तिपूर्ण भावनाको विकास, राजनीतिक जागरण, महिला सशक्तिकरण र मुक्ति, चेतनाको विकास, राजनीतिक संगठन निर्माणमा सहयोगी भूमिकालगायतलाई मूलभूत विषय बनाएका छन् उनले ।
पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेको छलफलको सुरुवाती चरणमै धुलाबारी स्थायी घर भएका भण्डारीले भने–‘म संगीतको विद्यार्थी हुँ, राजनीतिशास्त्रमा विद्यावारिधि गर्ने सोच २०७२ सालमा बनाएको थिएँ ।’
‘मैले आफूलाई थाहा पाउँदा बाल्यावस्थादेखि नै गिटार बोकेर जनताका गीत गाउँथेँ’ विगत स्मरण गर्दै उनी थप्छन्–‘संगीत विज्ञान र राजनीति विज्ञानलाई जोडेर नेपाली राजनीतिमा योगदान गर्ने सोच बनाएँ ।’ प्रगतिशीलसँगै लोक तथा आधुनिक र नेपाली चलचित्रमा समेत संगीत भरेर राष्ट्रिय कलाकारका रुपमा स्थापित बनेका भण्डारी निरन्तर संगीत साधनामा साधनारत् छन् । संगीतकार भण्डारीले सुरु गरेको सो अभियान नेपालकै पहिलो र ऐतिहासिक भएको टिप्पणी गर्दै अग्रज पत्रकार चन्द्र भण्डारीले भने–‘विशेष गरी संगीत साधना गर्ने साधकका लागि यो गौरवमय र ऐतिहासिक क्षण हो ।’
जनपक्षीय गीत संगीतले नेपालको साँस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै पत्रकार भण्डारी अगाडि भन्छन्–‘संगीतमा लागेकाहरु धेरैजसो उच्च ओहोदामा पुगे ।’ ‘पञ्चायतकाल रहुञ्जेलसम्म नेपालमा जनवादी गीतको महत्व थियो’ उनी थप्छन्–‘त्यसपछि यस्ता गीतको महत्व रहेन, निर्वाचनका बेला मात्र बजाइन्छ ।’
वाम र प्रजातान्त्रिक दुवै आन्दोलनमा गीत हुने भएपनि वाम आन्दोलनको गीतले उचाई प्राप्त गरेको दाबी गर्दै भण्डारी भन्छन्–‘२०३६÷०४६ सम्मको गीति आन्दोलनलाई चिरस्थायी बनाउन यो अभियानले टेवा पुर्याएको छ, गीत संगीतमा लागेकालाई न्याय दिएको छ ।’
झापा, मोरङ, सिन्धुपाल्चोक र काठमाडौँमा सञ्चालन गर्ने गरी थालिएको क्षे

त्रगत समूह छलफल कार्यक्रम त्रिविले मात्र नभई सिंगो मुलुकले नै सम्पत्तिको रुपमा ग्रहण गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा संविधानसभा सदस्य मनकुमार गौतम, प्रदेश सांसद् गोपाल बुढा

थोकी, श्रीप्रसाद मैनाली, भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठ, मेचीनगर उपप्रमुख मीना उप्रेती, नेकपाका नेता विष्णु प्रसाईं, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाईं, साहित्यकार तेजराज खतिवडा, पुण्यप्रसाद खरेल, शिक्षक तेजप्रसाद चौंलागाईंलगायतले राजनीतिक परिवर्तनमा प्रगतिशील गीतको योगदान बारे धारणा राखेका थिए ।
त्यसक्रममा संविधानसभा सदस्य प्रेम गिरी, झापा आन्दोलनका योद्धाहरु दधिराम उप्रेती, भीम कुँवर, सानो दुर्गा अधिकारी, वाम योद्धा विष्णु शिवाकोटी, काँग्रेस नेताहरु राम कट्टेल, इन्द्रबहादुर बुढाथोकी, जनप्रतिनिधिहरु, साहित्यकार, कलाकार, शिक्षक, प्राध्यापकलगायतको बाक्लो उपस्थिति थियो । कार्यक्रममा शोधपत्र तयारीका लागि ९ समूह निर्माण गरी समूह केन्द्रीत छलफलका लागि विभिन्न ८ वटा प्रश्नावली दिइएकोमा समूह संयोजकहरु मनकुमार गौतम, कल्पना ओली, मीरादेवी काफ्ले, पुण्यप्रसाद खरेल, राजेन्द्र संग्रौला, शिवकुमार राजभण्डारी, रामप्रसाद सापकोटा, सोमनाथ पौडेल, भाष्कर घिमिरेलगायतले लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button