सृजनाको चौतारी

असारे झरि

कविता
असारे झरि धान है रोप्दा मन कति खुलेको
पहाड मुनि बेँशिको खेतमा धान है झुलेको
दिन र रात पसिना बगाई खाँदै ती पवन
शरिर दर्द सब त्यहाँ भुलि पर्दछ सहन
खुशिको बाँध फुट्दछ त्यहाँ जहान सम्झेर
गाउँदै सानी असारे भाका जाँदैछिन रम्रेर
भेल रबाढि खोला त्यो पारी मन अन्न पस्किन्छ
लाला र बाला लडेकि भनि मन मेरो झस्किन्छ
खुशिछु यहाँ नानीको प्राण बचाउँदा स्वदेशमा
पखेरु मेरा के गर्दै होलान पारी त्यो बिदेशमा
झस्कन्छु छिनमा सम्झेर रुन्छु के होला भनेर
बाध्यता मेरो बस्नु नै पर्यो दिन रात गनेर
खुसीको महल चुल्याउँदै यहाँ बस्तैछु पर्खेर
हातमा बाला ल्याईदिनु होला छिटो घर फर्केर
बुन्दै छु रहर घुम्नलाई शहर झुत्रो यो भेषमा
दुई मुठि कमाई बसौला रमाई नेपाल देशमा
असारे झरि धान है रोप्दा मन कति खुलेको
पहाड मुनि बेशिँको खेतमा धान है झुलेको।

सुर्योदय नगरपालीका ३
इलाम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button