सृजनाको चौतारी

डिजिटल एम्पायर क्विज हाजिरिजवाफ प्रतियोगिताको समापन

मेचीनगर ।जोइन्ट ब्रदर इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालीको आयोजना मा ‘झापा बोल्छ’ बक्तृत्त्व कला प्रतियोगिता र प्रदेश १ मै पहिलो डिजिटल एम्पायर क्विज हाजिरिजवाफ प्रतियोगिताको समापन आज भएको छ । ।

झापा जिल्लाका चन्द्रगढी , धुलाबारी, दमक र बिर्तामोडमा अडसिन गरि ओटा विद्यालय लाई एम्पायर क्विजको सेमिफाइनल मा १२ ओटा बिध्यालयका सहभाथिहरुलाई सेमिफाईनलमा लगीएको थियो, जस मध्ये २०७८ असार १४ गते सेमिफाइनल बाट , तारापुन्ज बोर्डिङ स्कुल, काकर्भिट्टा , लिटल एन्जेल बोर्डिङ , चारआलि र विद्योदय स्कुल , कन्काइ फाइनल चरण मा प्रवेश गरेका थिए ।
लिटल एन्जेल स्कुल चारआलि ले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने दित्तिय स्थान बिध्धोदय स्कुल र तृतीय तारापुन्ज स्कुल भएको छ । प्रथम द्दितिय र तृतीय लाई क्रमश , २००००,१००००,५००० नगद सहित ट्र्फि मेडल र विविध उपहारले सम्मान गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा क्विजमास्टर राजिब न्यौपाने थिए ।

त्यसै गरि अडिसन बाट १२ जाना प्रतियोगी लाई फाइनल चरणमा लगीएको ‘झापा बोल्छ’ वक्तृत्वकला प्रतियोगितामा झापा मोडल दमककि कृतज्ञता थापा त्यसै गरि बिर्तामोडको वाल्मीकि एजुकेसन फाउन्डेसनबाट प्रतिनिधित्व गर्दै सितोश्मा तिम्सिना
र झापा मोडेलकै प्रतीक खनाल तृतिय स्थान हासिल गर्न सफल भएका थिए । प्रथम दितिय र तृतीय ले क्रमश २०,००० ,१००००,५००० नगद सहित ट्रफि मेडल सहितले सम्मान गरिएको थियो । उक्त प्रतियोगीताको निर्णायकका रुपमा सन्दिप राजवन्सी , धर्मेन्द्र भट्टराई , उषा श्रेष्ठ , युनिता दवाडी भट्टराई , स्वस्तिका आचार्य रहेका थिए ।

कार्यक्रम झापाको झिलझिले स्थित वाटर किङडम मा सम्पन्न गरिएको थियो । कम्पनिका इभेण्ट डिरेक्टर प्रकाश संगा्रैलाको अध्यक्षतामा भएको कार्याक्रमका प्रमुख अतिथी , झापा इन्नर्जिका कार्यकारी निर्देशक तथा सिमृक साकोसका अध्यक्ष सुवास भट्टराई थिए । कार्यक्रमको सन्चालक मेनेजिङ डिरेक्टर अविशेक श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य सारिका प्रसाईं ले गरेकी थिइन । कार्यक्रम मा प्रमुख अतिथि सुवास भट्टराई , लायन्स क्लब अफ मेचिनगरका सचिव सजित तामाङ , लियो क्लब अफ मेचिनगरका सस्थापक अध्यक्ष अभिजित दवाडी ले सुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रनवी चिया, लायन्स क्लब अफ मेचिनगर, लियो क्लब अफ मेचिनगर , एक्पर्ट एजुकेशन अन्ड भिषा सर्विस , प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी, आगमन हर्बल ले प्रायोजन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button