
यो देश हाम्रो आहा !पुर्खाकै, पसिना झन कति राम्रो
छपृथ्वी तलातल राम्रो, त्यो भित्रको मन बिहार हाम्रो ।
बाली र खेत बन बाटिका ,महल भो झोपडि नैछ राम्रो
जन्म भूमिकै मखमल, पन्ना बिदेशी अत्तर भन्दा राम्रो
लाग्ने शरिर मोह अगाद, सन्तान अपाङ्ग भएनी राम्रो
भई दिए हुँने अजम्बरी ,अन्त्य सब खरानी पो हाम्रो
पुर्खाले आर्जेको देश राम्रो,नेपाली भाषा भेष हाम्रो
चौबन्दी चोली फरियामै ,सजिए कि गाउँले नारी राम्रो
बिदेशी भन्दा मेरै देशको ,सगरमाथा अतुलनिय राम्रो
थरिथरि ध्वजा भन्दा, मन भित्रको नेपाली झन्डा राम्रो
शिखर झै महल तर , पराले झोपडि नै छ प्यारो हाम्रो
छ शान्ति ऐश्वर्य सुख, मानवता गरिबमै औधी राम्रो
बिनायो सँग सँगै बजेको ,बाँसुरी धून सुरम्य राम्रो
चमेली फूल फूलेझै दन्त ,खुलेको अधर झनै राम्रो
नागबेली परेका शैलबन, बिहार अमिट छन हाम्रो
त्यसैमा रम्दानै तृप्त , ब्यन्जन भोक मिठो छ हाम्रो
यो देश हाम्रो हो पुर्खाको,पसिना झन कति राम्रो
भै दिए हुने अजम्बरी , अन्त्य सब खरानी पो हाम्रो
सु न पा ३
इलाम।


