खेलकुद

आर्सनल र लाजियोलाई सफलता, रोमाको हार

एजेन्सी – इंग्लिस क्लब आर्सनल र इटालियन क्लब लाजियोले युरोपा लिगको समूह चरणको पहिलो खेलमा सफलता हात पारेको छ ।

आर्सनलले घरेलु टोली एफसी जुरिचमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो । आर्सनलको जितमा मार्किन्होस र इडवार्ड एनकेइटाले गोल गरे । जुरिचका मिरलिन्ड क्रिइजिउले एक गोल फर्काए ।

क्यावन पार्क सेन्ट गल्लेनमा बिहीबार राति भएको खेलको १६औं मिनेटमा मार्किन्होसको गोलबाट आर्सनलले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । उनले इडवार्ड एनकेइटाको पासमा गोल गर्न सफल भएका थिए ।

४४औं मिनेटमा मिरलिन्ड क्रिइजिउले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ६२औं मिनेटमा इडवार्ड एनकेइटाले मार्किन्होसको पासमा गोल गर्दै आर्सनलको जित पक्का गरे ।

यही समूह ‘ए’ को अर्काे खेलमा पिएसभी इन्डोभेन र बोडो/गिल्म्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यस नतिजापछि आर्सनल ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पिएसभी इन्डोभेन र बोडो/गिल्म्टको समान १ अंक छ । अंकविहीन जुरिच पुछारमा छ ।

यस्तै समूह ‘एफ’ को खेलमा लाजियोले डच क्लब फियोनुर्डलाई ४–२ ले पराजित गरेको छ । लाजियोको जितमा माटिएस भेसिनोले दुई तथा लुइस अल्बर्टाे र फिलिपे एन्डरसनले समान एक गोल गरे । फियोनुर्डका सान्टियागो जिमिनेजले दुवै गोल गरेपनि हार टार्न सकेन ।

समूह ‘सी’ मा इटालियन क्लब रोमा बुल्गेरियाको लुडोगोरेट्स राजगार्डसँग २–१ ले पराजित भएको छ । घरेलु टोली लुडोगोरेट्स राजगार्डको जितमा कोउली ओलिभिएर सोउजा र नोनाटोले गोल गरे । रोमाका इल्डर सोमुरोडोभले एक गोल फर्काए ।

अन्य नतिजा
एइके लारनाकाविरुद्ध रेन्नेस (१–२), फेनरवाचविरुद्ध डाइनामो किएभ (२–१), एचजेकेविरुद्ध रियल बेटिस (०–२), लुडोगोरेट्स राजगार्डविरुद्ध रोमा (२–१), माल्मोविरुद्ध ब्रागा (०–२), पिएसभी इन्डोभेनविरुद्ध बोडो/गिल्म्ट (१–१), युनियन बर्लिनविरुद्ध युनियन सेन्ट गिलोइस (०–१), फेरेन्कभारोसविरुद्ध ट्रावजोन्सपोर (३–२), एफके क्रेभेना जेभेज्दाविरुद्ध मोनाको (०–१), लाजियोविरुद्ध फियोनुर्ड (४–२), म्यानचेस्टर युनाइटेडविरुद्ध रियल सोसिडाड (०–१), नान्टेसविरुद्ध ओलम्पिायकोस (२–१), ओमोनिया निकोसियाविरुद्ध एफसी सेरिफ (०–३), फ्रेइवर्गविरुद्ध क्वारावाग एफसी (२–१), स्ट्रम ग्राजविरुद्ध मिट्जेल्यान्ड (१–०)हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button