मूल खबर

बेलायती महारानी एलिजाबेथको निधन

न्युज अफ नेपाल
काठमाडौं ।

बेलायतकी महारानी एलिजावेदको निधन भएको छ । बिबिसीका अनुसार स्कटल्यान्डमा रहेको बामोरल क्यासलमा महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

बिहीबार दिउँसो बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो ।

एलिजावेद बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष शासन गर्ने महारानी थिइन् । उनी सन् १९५२ मा महारानी बनेकी थिइन् । अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राज बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button