खेलकुद

रियल म्याड्रिडको सहज जित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा रियलले जर्मन प्रतिद्धन्द्धी आरबी लाइप्जिगलाई २–० ले पराजित गरेको हो ।

रियलको जितमा खेलको अन्त्यतिर फेडरिको भाल्भेर्डे र परिवर्तित खेलाडी मार्काे एसेन्सियोले गरेको गोल नै निर्णायक बन्यो ।सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा घरेलु टोली रियलले बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवाव बढाएपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

लाइप्जिगले पनि घरेलु टोली रियललाई काउन्टर अट्याकबाट समस्या दिएपनि गोल भने गर्न सकेन । ८०औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । भिनिसियस जुनियरको पासमा भाल्भेर्डेले बक्सभित्र एक डिफेन्डरले बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एसेन्सियोेले गोल गर्दै रियलको जित पक्का गरे । टोनी क्रुसको चलाखीपूर्ण फ्रिकिकलाई एसेन्सियोले वान टचमै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

यही समूह ‘एफ’ को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिकले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । साख्तरको मैदानमा सेल्टिकले १०औं मिनेटमा अर्टिम बोन्डारेन्कोको आत्मघाती गोलबाट अग्रता लिएको थियो । २९औं मिनेटमा माइखालो मुडरिकले बराबरी गोल फर्काए ।

यस नतिजासँगै रियल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित रहेको सेल्टिक ४ अंक जोडेर दोस्रो स्थानमा रहँदा १ अंक जोडेर सेल्टिक तेस्रो स्थानमा छ । आरबी लाइप्जिगले अंकको खाता खोल्न सकेको छैन ।हाम्रो खेलकुदबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button