सृजनाको चौतारी

धेरैको जिन्दगी

गजल

नदि तटको तिर जस्तै पनि हुन्छ धेरैको जिन्दगी
उक्लन नसक्ने भिर जस्तै पनि हुन्छ धेरैको जिन्दगी
खोइ के हो कुन्नि अर्थ बिहिन कतिपिडा भित्र भित्रै नै
शिल ,शिलाउनेको झिर जस्तै पनि हुन्छ धेरैको जिन्दगी

गोरेटोमै अल्मलिएको लक्ष्य बिहिन बटुवाहरु जस्तै नै
हिउँमै कक्रिएको धिर जस्तै पनि हुन्छ धेरैको जिन्दगी
सके त कस्नु पर्छ ,झन तुन्नु पर्छ दिनमदिनमा अधिकनै
स्वादनपाई तृप्तहुने खिरजस्तै पनि हुन्छ धेरैको जिन्दगी

जिन्दगी त समुन्द्रमा अल्झिएको यात्रि बिहिन डुङ्गाजस्तै
सर्वस्वहरण गरिएको शिर झैं पनि हुन्छ धेरैको जिन्दगी
यस्तै यस्तै अनेकन भोगाइका पराकाष्ट मुर्झाउँने कोमल
मुटु ,कलेजो सकिएको पिरझै पनि हुन्छ धेरैको जिन्दगी

सुर्योदय नगरपालिका ३
इलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button