
गजल
जनतालाई तर्साउँने खुकुरी नहोला भन्न सकिदैन,
फेरीपनि उसैको नै चुरिफुरी नहलो भन्न सकिदैन।
जनता सचेत र संगठित नभए पछि साँच्चै भन्दा,
सार्वभौम सत्ता उत्तिकै दुरी नहोला भन्न सकिदैन।
भौका जनताहरू लाई भात मासु र मदिराले सँगै,
कसै कसैलाई त खिर पुरी नहोला भन्न सकिदैन।
काम दाम नभएको बेलामा जनताको बाध्यताले,
केही दिन टार्ने मानो र मुरी नहोला भन्न सकिदैन।
अहिले जतिसुकै बिरोध गरेपनि एकले अर्कालाई,
चुनाव नजिकिंदा जि हजुरी नहोला भन्न सकिदैन।
जस्ला पच्छार्न खोजिरहेकाछौं हामि जनताहरूले,
सत्तामा फेरी उन्कै भुराभुरी नहोला भन्न सकिदैन।
जनता सचेत रह्यो भने अबको पालो मैहुँ भन्नेको,
धेरैजसो नेताको कुरि कुरी नहोला भन्न सकिदैन।

