सृजनाको चौतारी

तयारीमा छु !

जी एन शर्मा
कविता

धेरै दिन म मौन बस्दा
शायद तिमीलाई लाग्यो होला , म थाकेको छु , म गलेको छु
जिन्दगीदेखि जिन्दगी सम्म संर्घषको बाटो खन्ने ‘म’
रत्ति पनि तिमीदेखि डराएर हराएको होइन
मृत्युसँग पटकपटक लुकामारी गर्ने ‘म’
कायरहरुको हल्लादलको हुलदेखि पछि हटेको होइन
म त तिम्रो झुठ भित्रको झुठलाई धुस्नो पार्ने तयारीमा छु
तिम्रा प्रत्येक कर्तुतहरुलाई दफन गर्ने तयारीमा छु
जिन्दगीदेखि जिन्दगी सम्म आँधी र हुरीमा रमाउने म
तिम्रा जस्ता लाखौँ लुरे हिम्मतलाई देखेर कुरीकुरी गरिरहेको छु
लाखौँ मनहरुलाई जलाएर आगो ताप्न पल्केको तिम्रो कालो मनलाई च्यात्ने तयारीमा छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button