
निर्वाचन सम्पन्न भएर आयोगले परिणाम समेत राष्ट्रपतिलाई बुझाई सकेको छ । तर, सरकार गठनका बिषयमा दलहरुबीच अलमल देखिएको छ । प्रमुख दलहरु ग्ठबन्धन गरेर चुनावमा गएको हुँदा सरकार बनाउन अलमल गर्नुपर्ने अवस्था नै छैन । आपसी भगबण्डा नमिलेर ढिलाई भएको हुनसक्छ । तर ,सरकार त, कि सत्ता गठबन्धन, कि ओली गठबन्धनले नै बनाउने हो । तसर्थ, अहिले ओली भन्दा सत्ता गठबन्धन नै बहुमतको नजिक भएको हुँदा सत्ता गठबन्धनकै सरकार हुने बलियो संभावना छ । अब पनि भागबण्डा नमिलेर सरकार बन्न ढिलाई हुनु, सत्ताकै फोहोरी खेलमा गोल चक्कर लगाइनुले जनतामा नैरास्यता बढउँदछ । कुल २७५ मा १५० सांसद् बनाएर एक्लै सरकार चलाउने सपना देखेका केपी ओलीलाई सत्ता गुमाउनु पर्दाको मात्र होइन, गुमेको सत्ता सत्ता फिर्ता ल्याउन नसक्दाको पीडाले पनि उतिकै औडाहा भएको छ । यस्तोमा सत्ता गठबन्धन फुटाउन ओलीले अनेक जाल–झेल गर्ने नै छन् । सत्ता गठबन्धनमा रहेका नेताहरु ओलीको यत्ति चाल पनि बुझ्दैनन् भने राजनीतिमा ओली सफल, अरु बिफल भन्ने स्थिति आउनेछ ।
केपी ओली एक व्यक्ति नभएर एक प्रवृत्ति हो । यो अहम् प्रवृत्तिको अन्त्यका लागि प्रतिगमन सच्याउन गठबन्धन गरेको बताउने सत्ता गठबन्धन दलका नेताहरु ओलीले देखाएको ललिपपमा भुलिनु हुँदैन । ओली जाली छन्, खराब छन्, धुर्त छन् । यिनको कुनै भरोसा छैन । आफैं भन्ने अनि आफैं ओलीले फालेको ललिपप र चारोमा फँस्ने हो भने त्यस्ताले चाँही अब राजनीतिको मैदन राखी गरे हुन्छ । त्यही ओलीलाई गाली गरेर राजनीतिको रोटी सेक्ने, अनि ओली त महान रहेछन भनेर कसरी फेरि सरकार गठनको तयारी गर्नु ? यो त घोर अनैतिक, अराजनैतिक, घोर स्वार्थी पदलोलुपता मात्र हो । यो राजनीति होइन । यो त राजनीतिका नाममा कलंक नै हो । ओली खेलाडी छन्, यिनले नबुझेका होइनन् । ओलीको ललिपपमा कोही भुल्यो भने ओलीले त्यस्तालाई कालान्तरमा बोरामा बाँधेर टुकुचाको फोहोरमा फालि दिनेछन् । फोहोरमै डुबेर कहिल्यै नपखालिने गरी तिनको राजनेतिक अन्त्य हुनेछ । कथंकदाचित त्यो फोहोरबाट बाहिर आए भने पनि जनता त्यो दुर्गन्धका नजिकमा कहिल्यै पर्नेछैनन् ।
जनताले दिएको मतको हैसियतमा पावर सेयरिङ्ग स्वभाविक भएपनि मैले यति पाइन भने, अर्थात म र मेरो समूहलाई यति भएन भने सरकार गठनको हलो अडकाइदिन्छु, अवरोध गर्छु भन्छ भने त्यो सिधै ओली कोटरीबाट परिचालित छ र उ नै हो, प्रतिगमनको प्रमुख मतियार । ओली मात्र प्रतिगामी होइन, ओलीकै जस्तो मति देखाउने पनि प्रतिगामी नै हुन । जनतालाई अब यो कुरा प्रष्ट ढंङ्गले भन्न सक्नुपर्छ प्रतिगमन बिरुद्धको आन्दोलनमा सहभागी भएकाहरुले । जनता सत्ताको फोहोरी खेलबाट दिकक भएका छन् । प्रतिगामी, पुनरुतथानवादी, परिवर्तनको वेगलाई रोक्न खोज्ने राजावादी लगायतका सबै लोकतन्त्र बिरोधी प्रतिगामीहरु यो ब्यवस्था र राज्यसंरचना अनि संविधान भत्काउन चाहनेहरु एकीकृत हुँदै आएका छन् । चाहे हिजो चुनावी गठबन्धनका नाममा होस् वा भारतीय खुफिया एजेन्सीको सहयोगमा हिन्दू धर्म र राजतन्त्र पुनस्र्थापनकै नाममा किन नहोस । दरबारिया षडयन्त्रकारी भूमिगत गिरोहले गणतन्त्र बिरोधीहरुको एउटै चुनावी मोर्चा बनाएर यो परिवर्तनलाई उल्ट्याउने प्रपञ्च रचेको बिषय त चुनावताका नै उजागार भैसकेको हो । फेरिपनि सरकार गठनमा अलमल भयो, गरियो भने प्रतिगामी, लोकतन्त्र बिरोधी षडयन्त्रकारी गिरेहले जनतामा यो व्यवस्थाकाप्रति भ्रम सिर्जना गर्नसक्छन् । धमिलो पनिमा माछा मार्ने दाऊमा रहेका लोकतन्त्र बिरोधीलाई शीर उठाउने मौका नदेऊ । बिधिसम्मत तरिकाले चाँडो सरकार गठन गर । प्रतिगामी गठजोडबाट देश र जनतालाई जोगाऊ, बचाऊ । अब अलमल नगर ।फेसबुकबाट साभार (हुमागाँई नेपाली काँग्रेस झापाका सचिव हुन्)



