
गजल:
सम्झना आउंछ दिन ढलेपछी कहिले काहीं
अनासै छातीमा बाण चलेपछी कहिले काहीं।
शुनौला दिनमा दु:ख सुख साटासाट हुन्थ्यो,
छाडिगयो आफै रोग फलेपछि कहिले काहीं।
कसोगरी बांचौंला आफ्नैले जहर दिएर गयो,
आफ्नै हियामा आगो जलेपछि कहिले कांही।
घाउ निको भएपनि त खाटो रहिरह्यो गहिरो,
एकान्तमा आएर मन गलेपछि कहिले काहीं।
थाहा छ गन्तव्यहिंन भैसक्यो मतलबकै छैन्,
मन चस्किन्छ यादले छलेपछि कहिले कांही।



