मेचीनगर – झापाको चारआली जंगलमा दुई जनाको शव फेला परेको छ । सोमबार अपरान्ह महिला र पुरुषको लास भेटिएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले घटनाको पुष्टि गरेका छन् ।
डीएसपी महतोले महिलाको शव भुँइमा र पुरुषको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । तर, मृतकको परिचय भने खुलिसकेको छैन् ।यो समाचार तयार गर्दा सम्म मृतकको पहिचान खुलाउने प्रयास भईरहेको महतोले बताए ।



