
कविता
१, यो पुस माघ तराई फाँट,
सितलहर साह्रो ।
बुडा पाका, नानीहरु,
बचाउन नै गाह्रो।।
२, हात पाउ कठाङग्रेर,
काम गर्नै नहुने।
चिसो कति बडेको छ,
मुटु भित्र छुने।।
३, गरिबको काल भयो ,
सितलहर आई।
यस्ले अब मार्ने भयो,
दुखि गरिब लाई।।
४, हुने खाने घरै भित्र ,
बसि खान पुग्छ।
हुदा खाने मानिसको,
दुख कस्ले देख्छ।
५, थाप्लो मा छ नाम्लो बरा,
पिठिउ मा छ डोको।
जस्तै पनि भोग्न बाध्य,
कर्म ले नै पाको।।
६, नत उसका शरिर भरि,
लुगा फाटा पुरा।
खाली खुट्टा हिडेका छन,
ति गरिब बिचरा।।
७, गरिब दुखि भनि हामी,
नगरौ है हेला।
छेउको सियो पनि हुन्छ ,
माझैमा कोहि बेला।।
समाप्त
काकडभिट्टा झापा।


