सम्पादकीय

बन्द गर यो ‘जुहारी’

सम्पादकीय

झापाको मेचीनगर नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरुको जुहारी चलेको छ । अब त सार्वजनकि रुपमै यो जुहारी सुन्न र पढ्न पाईन्छ । जनमुखि र जनमान्य विषयहरुमा केन्द्रीत रहेर जनपक्षीय काम गरेर देखाउनु पर्ने बेलामा नगरका कर्मचारी र जनप्रतिनिधिबीच सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रम मार्फत एकले अर्कालाई आरोप लगाउने एक प्रकारको प्रतिस्पर्धा नै चलेको छ । जनप्रतिनिधिहरुका कुरा सुन्नु पर्छ — ठीक हो भन्ने लाग्छ उता कर्मचारीका कुरा सुन्दा लाग्छ — हो नि त जस्तो लाग्छ । हामीले बुझेको जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय , सल्लाह र सुझावमा मात्र नगरको विकास र जनताका कामहरु राम्रा र सहज हुन्छन् भन्ने तर मेचीनगर नगरपालिका भित्रको जनप्रतिनिधि र कर्मचारीबीमचको जुहारीले तत्कालका लागि जुहारी सुन्न र पढ्न बाहेक नगरवासीको अरु केही काम छैन जस्तै भएको छ । जनप्रतिनिधिहरु भन्छन् —कर्मचारी अटेरी र जब्बर भए , कर्मचारी भन्छन्— हामी किन जब्बर बन्नु र ?जनतालाई चाहिएको सर्वशुलभ सेवा हो अनि मेचीनगरलाई चाहिएको विकास हो ।
लामो समयदेखिको कर्मचारी र जनप्रतिनिधिबीचको यो जुहारीले सिङ्गो नगर र नगरवासीमा परेको असर न जनप्रतिनिधिले महशुष गरेकाछन् नत कर्मचारीले नै यदि त्यस्तो हुन्थ्यो भने यो ‘दोहोरी’छाडेर समस्याको समाधानतर्फ जानु पर्ने थियो , समस्याको पहिचान गरेर यसको निराकरणमा लाग्नु पर्ने थियो तर यसको ठिक उल्टोअहिले कसले कसलाई के आरोप लगाउने भन्ने पक्षको वहस जस्तो चलेको छ ।

कर्मचारी र जनप्रतिनिधिबीचको यो जुहारीले मेचीनगरवासीमा सुस्तरी आक्रोस पनि बढ्दै गएको देखिन्छ । जनताका काम गर्न भनेर चुनिएका जनप्रतिनिधि र राष्ट्रसेवकका रुपमा परिचय बनाएका कर्मचारीबीच देखिएको यो ‘भद्दा ’वहसले न उनीहरुको कदलाई उठाएको छ नत नगर र नगरवासीको पक्षमा छ । आरोपको रटानका कारण मेचीनगर नगरपालिकाप्रति कस्तो धारणा बन्दै गएको छ भन्ने विषयमा कसैको ध्यान गए जस्तो देखिदैन । जनप्रतिनिधि र कर्मचारीका आआफ्नै कार्य क्षेत्र र अधिकार सुरक्षित रहेकाछन् । उनीहरुबीचको सौहाद्र सम्बन्धले सिङ्गो नगरको हित हुुन्छ सामान्य जानकारी जनप्रतिनिधि र कर्मचारीहरुलाई थाहा नभएको छैन होला ।तर, एउटै तर्क र विषयको वरिपरि फन्को मारेर ‘इगो’बोकेर हिड्नु कति शोभनीय होला यो उनीहरुले नै जान्ने कुरा हो यसर्थ भएका समस्यालाई आपसी समझदारीका साथ एकले अर्कालाई सम्मान गरेर समाधान गरि फेरि पनि जनमन जित्ने काममा दुई पक्षनै लाग्नुको विकल्प छैन ।समस्याको एक मात्र अचुक उपाय भनेको जुहारीलाई बन्द गरेर आ आफ्ना कमजोरी महशुष गरि फेरि पनि जनप्रतिनिधि र कर्मचारीबीच नगरपालिकामा स्नेही वातावरण तयार गर्नका लागि मन मिलाएर अघि बढ्नु नै सबैको हितमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button