
गणेश उप्रेती
कविता
आउ एउटा सल्लाह गर !
फेरि नहार्ने बाटो खोज !
युगै पिच्छे लड्नुपर्ने
पुस्तै पिच्छे गल्नुपर्ने
नियति हाम्रो उस्तै हो कि,
ठेकदार सधैं बेइमान हो ?
यात्राहरु नटुङिदै,
गन्तव्य सधै मोड्नु पर्ने !
खुशिहरु साट्न नपाइ ,
मिर्तु शोक गाउनु पर्ने ,
भाग्य हाम्रो उस्तो हो कि,
बिधाता सधैं गलत पर्ने ?
आउ एउटा प्रश्न सोध,
उतरहरुको मजेरीमा ,
तिम्रो मेरो इस्थान रोज !
जुन तारा कति राम्रो !
लक्ष्य हामीले बनाएको!
ठुला ठुला सपनासगै,
तिर हामीले चलाएको !
सयपत्रि मखमलि ,
फुल हामीले सजायको !
त्यो फुलको बास्ना सगै,
जिबन सगै रमाएको !
फुलहरु ओइली जान्छन् !
काडा मात्र बाकि हुन्छन् !
तिम्रो मेरो पालो आउँदा ,
पद्झर सधैं रमाइ दिन्छ !
आउ एउटा रहस्य सोध,
बास्ना जति अन्तै जाने
निराश किन हामीलाई पर्छ ?
पसिना रगत कति प्यारो !
बगेपछि थाहा पाउने !
त्यही रगतको डिलमा उभिइ ।
समय सघै कोल्टे फेर्ने !
तिम्रो मेरो पसिना हेर !
पानी पानी भाइ बग्ने ,
आउ एउटा प्रश्न सोध ।
उत्तरहरुको मझेरिमा,
तिम्रो मेरो स्थान रोज ।
सन्दर्भहरु आउछन् जान्छन् ।
घटनाहरु सेलाइ जान्छन् ।
रात पर्ने लागेपछि ,
अज्ञातहारु उर्लि आउछन् ।
अज्ञातहारुकै भेल बाडिमा,
तिम्रो मेरो इच्छा मर्छन ।
इच्छाहारुकै जन्त लगि ।
धोकाहरु स्वयम्वर चढ्छन ।
नयाँ युग्को रस रङ्गमा ,
तिम्रो मेरो बलि चढ्छ ।
भो अब रुन छाड !
बरु एउटा प्रस्न गर
सधैं हामि हार्नु पर्ने ?
आउ एउटा उत्तर खोज ।
(फेसबुकबाट साभार)


