मूल खबर

नेकपा एसमा प्रवेश गर्दै घनश्याम भुसालले भनेः ओलीबाट कम्युनिस्ट आन्दोलन संकटमा पर्‍यो

काठमाडौंः नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै भुसालले एमालेमा ओलीवाद हाबी भएकै कारण देशले प्रगति गर्न नसकेको बताएका हुन्।

भुसालले भने, ‘ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अफ्ठेरोमा परेको हो। सर्वत्र म भन्ने सिद्धान्त उहाँ(ओली जी) मा छ। पाँच वर्षसम्म कृषि, उद्योग, सुशासनको क्षेत्रमा धेरै बलियो मुलुक हुने अवसर प्राप्त थियो। कमरेड ओलीका कारण त्यो अवसर देशले गुमायो।’

समृद्धिको आधारभूत काम पनि हुन नसकेको बताए। आफू विचारमा धेरैनै प्रष्ट भएको भुसालको भनाइ छ। भुसालले भने, ‘सौराह काण्डका नेताहरू जनताको बहुदलीय जनवाद भन्दै हिँडेका छन्। अहिले पनि संसदमा राम्रो मत आयो भने विघटन गर्छौ भनेको छ एमालेले।’

सिद्धान्ततः नेकपाको उत्तराधिकारी नेकपा एकीकृत समाजवादी नै हुने समेत बताए। भुसालले भने, ‘अब मेरो काम कार्यक्रम विकास गर्ने हो। समाजवादी कार्यक्रमको ठोस योजना बनाउँछु।अन्नपूर्ण पोष्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button