
गजल
आखिर यो समाज परिवर्तन कसरी हुन्छ,
मान्दैन कुसंस्कार फाल्ने मन कसरी हुन्छ।
कहिले सम्म यो कुरितीको दाश बनेर बस्ने,
समाजिक रूढिवादको निधन कसरी हुन्छ।
छुवाछुत उस्तैछ हाम्रो समाजमा आजपनी,
पुराना कथा आगोमा दनदन कसरी हुन्छ।
भन्छौँ हामिले यो देश जोगाउँ सदियौँ लाई,
आफ्नो सिरमानबाँधेर कफन कसरी हुन्छ।
धर्मकै नाउमा खोज्छन राजनीति गर्न यहाँ,
सोंचौँ त स्वतन्त्र हाम्रो रनबन कसरी हुन्छ।


