सृजनाको चौतारी

छोरा

कविता

छोरा
थाह छ मलाई
तँ बाँझो रातमा रुमलिएकोछस
जहाँ हरेक रात तेरा सपनाहरु
बेहिसाब बलत्कृत भएका छन् ।
तेरा आकांक्षाहरु तुहिन नसकेर
नामर्द बिहानीमा
अनगिन्ती अपाङ्ग दिनहरु बनेर
जन्मदै मर्दै छन ।
तर हेक्का राखेस्
तँ डुबेकोछस, मरेको छैनस्
– पौडिन सिक् ।
छाँगोबाट झर्दै होलास्
अब पखेटा हालेर उडन सिक् ।
बुढी औला तेरो अस्तित्व हो
खेर नफाल्
शिखामणि तेरो भाग्यहो
हिफाजत गर।
हारहरुको बोझ थेग्न नसक्ता
घुँढाले माटो टेके पनि
तेरो चिऊडोले आकाश ताकने
हिम्मत राख।
घुढा फेरि उठछ…
सपनाको आकाश अलिक नगिचिन्छ।
छोरा, अब तँ आफ्नै बल बुतामा
गन्तव्यको आफ्नो बाटो आफै बना ।

(फेसबुकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button