
कविता
तिमीसंग मैले के प्रतिस्पर्धा गरें मित्र
हामी एउटै पार्टी भित्र रहे पनि
तिमीले शत्रु नै संझियौ
सरसल्लाह लिने र दिने त कुरै छौडौ
न टेलिफोन सम्बाद नै
न प्रत्यक्ष बातचित नै
राजनीति , कुटिल चाल चल्ने स्थल
अनि जीवनभर दुश्मनी निभाउने रणभुमी मात्र होइन
प्रेमपूर्वक कुराकानी गरेरै
तिमीहामीले गौरब गर्ने सगरमाथा
बीपीले बिशाल देश चिनका शक्तिशाली माओलाई
हामी जस्तो सानो मुलुक
नेपालको नै हो भन्न बाध्य बनाएका थिए
हुन त सत्ताप्राप्तिको संघर्षमा
निरंकुश शासकहरूलाई आदर्श मान्नेहरू पनि छन
जहाँ सत्ता संचालन निर्मम मात्र हुदैन
त्यसको प्राप्ति र दिगो राख्न सबै षडयन्त्र जायज मानिन्छ
अहिले हाम्रो पार्टी ओरालो लागिरहेको छ मित्र
हामी सबै मिलेर होस्टेमा हैंसे गर्दै पार्टीलाई काँध
थाप्नु छ
तर तिमी भने समयले बलवान बनाएको छ भन्दैमा
ह्याकुलाले थिच्न खोजिरहेका छौ
मित्र त्यो बलवान समय कसैको पेवा हुदैन
त्यो कति बेला फुत्केर अर्काको मुठ्ठीमा पर्नसक्छ
अनि तिमी एकाएक इतिहासको सबैभन्दा
कमजोर पात्र पनि बन्न सक्छौ
यसैले मित्र गम्भीर बनौ
समयको पदचापलाई गभ्भिरतापूर्वक सुनौ
त्यो आँधीबेरी लिएर नजिकै आउदै छ
यदि हामी न सच्चिने हो भने
त्यसले हाम्रो लामो इतिहास बोकेको
पार्टीलाई पनि कतै एकान्त कुनामा
बिस्थापित गराउन पनि सक्छ
त्यो दिन हाम्रोलागि मात्रै होइन
लोकतन्त्रकै लागि
अनि देशकैलागि दुर्भाग्य हुनसक्छ मित्र ।
२४ बैशाख आइतबार २०८०
धुलाबारी, मेचीनगर, झापा,(फेसबुकबाट साभार)
·


