सृजनाको चौतारी

” कहाँ “

कविता 
हाम्ले हाम्राे देशकाे प्रधानमन्त्री कहाँ बनाउने हाे र ,
नयाँ दिल्लीकाे ईच्छाले बनिदिन्छ !
हाम्ले हाम्राे देशकाे विकाश आफैले कहाँ गर्ने हाे र ,
मुख ताक्ने हाे ,छिमेकीले गरिदिन्छ !
हाम्ले हाम्रा खाेला नाला बाट कहाँ बिजुली निकाल्ने हाे र ,
विदेशीले निकालिदिन्छ !
हाम्ले हाम्राे बिजुली यही झलमल्ल कहाँ पार्ने हाे र ,
लाेडसेडिङ्ग बनाई छिमेकीलाई बेचिदिन्छ !
हाम्ले हाम्राे सीमा , ग्रेटर नेपालकाे कुरा कहाँ गर्ने हाे र ,
लेन्डुपहरू जन्माईदिन्छन !
हाम्ले हाम्राे भ्रष्टाचार काे फायल कहाँ खाेल्ने हाे र ,
विदेश भागाभाग बनाईदिन्छन !
हाम्ले हाम्राे कुटनैतिक मर्यादाको ख्याल गर्न कहाँ जान्या छ र ,
विदेशमा एयरपोर्ट , भेटघाटमा बिजाेक बनाईदिन्छन !
हाम्ले हाम्राे देशकाे कार्यकारीकाे मर्यादा कहाँ गर्न जान्या हाे र ,
विदेशी राजदूतहरूकाे अगाडि झुकिदिन्छन !
हाम्ले हाम्रा हर्क ,बालेन लाई कहाँ सम्मान गर्न जान्या हाे र ,
अन्तर्राष्ट्रिय संघ संस्थाले कदर गरिदिन्छन !
हाम्ले हाम्राे सगरमाथा लाई कहाँ चिनाउने जन्या हाे र ,
विश्व समुदायले चिनाइदिन्छन !
हाम्ले बुद्व लुम्बिनी मा जन्मे भनेर कहाँ भन्न पर्याे र ,
छिमेकीले भ्रम फैलाईदिन्छन !
हाम्ले हाम्राे अर्थतन्त्र स्वदेशी स्राेत , साधानबाट कहाँ धान्ने हाे र
रेमिट्यान्स ले धानिदिन्छन !
हाम्ले हाम्रा लागि नागरिकता दिई नागरिक कहाँ बनाउन हाे र ,
छिमेकी अनूकुल विधेयक ल्याईदिन्छन !
अरूले हाम्राे खुट्टा कहाँ तानिदिने हाे र महाशय , हाम्राले हाम्रैकाे खुट्टा तानिदिन्छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button