
एजेन्सी, मुम्बई,सुपरस्टार अजय देवगन मोस्ट ट्यालेन्टेड अभिनेतामध्ये एक हुन् । फिल्ममा उनको कमिक टाइमिङ, एक्सन र एग्रेशन सबै जबरजस्त हुन्छ । उनले सन् १९९१ मा आएको फिल्म ‘फूल और कांटे’ बाट अभिनय यात्रा सुरु गरेका थिए । उनको पछिल्लो रिलिज फिल्म ‘दे दे प्यार दे’ हो । आफ्नो तीस वर्ष लामो करिअरमा उनले एकसेएक उम्दा फिल्म दिएका छन् ।
अब, उनी आफ्नो नयाँ फिल्म ‘तानाजी : द अनसंग वारियर’ लिएर आउँदैछन् । यो अजय देवगनको १००औं फिल्म हो । फिल्ममा उनको लुक्स सार्वजनिक भैसकेको छ । उनलाई १००औं फिल्मका लागि बधाईको ओहिरो लागेको छ । अभिनेत्री काजोल देवगन र अभिनेता शाहरुख खानले ट्वीटरमार्फत् उनलाई १००औं फिल्मका लागि बधाई दिएका छन् ।
काजोलले लेखेकी छन्, ‘३० वर्ष र सय फिल्म । ‘फूल और कांटे’ देखि ‘जख्म’, ‘गोलमाल’ सम्म, ‘शिवाय’ देखि अब ‘तानाजी : द अनसंग वारियर’ सम्म । ह्याप्पी फिल्म बर्थडे अजय ।’ अभिनेता शाहरुख खानले अजयको १००औं फिल्मको व्यग्र प्रतिक्षा रहेको बताएका छन् । उनले आगामी यात्राका लागि बधाई तथा शभकामना दिएका छन् ।
‘तानाजी : द अनसंग वारियर’ पहिला २२ नोभेम्बर २०१९ मा रिलिज हुने तयारीमा थियो । तर, अब यो फिल्मको रिलिज डेट हेरफेर भएको छ । १० जनवरी २०२० का लागि फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्मको बक्सअफिसमा अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’ सँग भिडन्त हुनेछ । ओम राउत ‘तानाजी’ का निर्देशक हुन् ।flimykhabar



