स्वास्थ्य

शाकाहारीकालागि प्रोटिनका स्रोतहरु के–के हुन् ?

मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । सुत्केरीमा कुखुराको मासु वा झोल पिउँनाले आमा र बच्चा दुवै स्वस्थ्य हुने प्रचलन छ । तर, के शाकाहारीले जन्माएको बच्चा अस्वस्थ्थकर हुन्छ त ? अवस्य हुदैन । यो भ्रम मात्र हो । मांसहारीभन्दा शाकाहारी भोजमा बढि प्रोटिनहरु पाइने सर्वेहरुबाट देखिसकिएको छ । मासु मात्र प्रोटिनको स्रोत भन्ने कुरा गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् ।

मुख्यतः अमिनो एसिडबाट बनेका प्रोटिनले कोशिका र तन्तुको मर्मतका लागि महत्वपूर्ण हुन्छन् । शरिरकालागि प्रोटिन एक दमै आवश्यक चिज हो । प्रोटिनका स्रोतहरु धेरै छन् । शाकाहारी वा मांसहारी दुवैबाट प्रोटिन हासिल गर्न सकिन्छ । मांसहारी मासिनहरु भन्दा शाहाकारी भोजन गर्नेहरु बढि उमेर बाच्छन् । जब शरिरमा प्रोटिनको कमी हुन्छ तब कोशिका र तन्तुका कार्यमा रोकावट आउन थाल्छ र अनेक शारिरिक समस्या निम्तिन सक्छ ।

त्यसैले शरिरले उत्कृष्ट तरिकाले काम गर्नका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ । साथै, शरिरको ऊर्जाको मात्रा बनाइराख्नका लागि पनि प्रोटिनको आवश्यकता पर्छ । यदि तपाईं अत्यधिक शारिरिक गतिविधि गर्नुहुन्छ भने तपाईंलाई प्रोटिनको आवश्यकता अझै धेरै हुन्छ।

हामी भन्छौं, शारीरिक स्वास्थ्यका लागि माछामासुको सेवन राम्रो होइन ।

तर, माछामासुको विकल्प के त ?

किनभने माछामासुबाट हामी जुन पोषक तत्व प्राप्त गर्छौं, त्यो अरु कुन खाद्यपदार्थबाट मिल्छ ? यसबारे पनि हामीले जान्नुपर्छ । किनभने स्वस्थ्यका लागि कतिपय खानेकुरामा कटौती गर्दा शरीरमा पोषक तत्वको अभाव हुन हुँदैन ।

मानव शरीरलाई स्वस्थ रहन र राम्रोसँग काम गर्नको लागि सन्तुलित आहारको आवश्यकता पर्छ । सन्तुलित आहारको सेवन गरेर मात्रै शरीरको वृद्धि विकास राम्रोसँग गर्न सकिन्छ ।

शरिरको वृद्धि विकासमा प्रोटिनको भुमिका महत्वपुर्ण हुन्छ । प्रोटिन हाम्रो शरिरको कोष र तन्तुको मर्मतका लागि महत्वपूर्ण मानिन्छ ।

मानव शरीरमा प्रोटिनको कमी भएमा कोष र तन्तुको कार्य सम्पादनमा कमी आउँछ र अनेक शारीरिक समस्याहरु निम्तिन सक्छन् ।

त्यसैले हाम्रो शरीरलाई राम्रोसँग काम गर्नको लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ । अझै तपाईं शारीरिक श्रम पर्ने काम धेरै गर्नुहुन्छ भने त झनै प्रोटिनको आवश्यकता धेरै हुन्छ ।

शाकाहारीका लागि यहाँ प्रोटिनका केही राम्रो स्रोतलाई सूचीबद्ध गरिएको छ ।

ब्रोकोलीः ब्रोकोली प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ब्रोकोलीलाई तरकारीको रुपमा प्रयोग गरेर प्रोटिन पाउन सक्नुहुन्छ ।

मुसुरोको दालः प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दालले पेटलाई सफा राख्न सहयोग गर्दछ । साथै यसले अनेकौं स्वास्थ्य समस्या जस्तै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ ।

स्पिरुलिनाः स्पिरुलिनामा भरपुर मात्रामा प्रोटिन हुन्छ । यसका साथै यसमा म्याग्नेसियम, पोटासियम र फ्याटी एसिडजस्ता आवश्यक पोषक तत्व पाइन्छन् जुन शरिरको लागि आवश्यक छन् ।

तोफूः तोफू सोयाबिनबाट बनेको हुन्छ र प्रोटिनको एक उत्कृष्ट स्रोत हो । यसमा प्रोटिनमात्र नभई थुप्रै अन्य पोषक तत्व पनि पाइन्छन् जुन शरिरका लागि आवश्यक हुन्छ । तपाईं तोफूलाई तरकारी बनाएर खान सक्नुहुन्छ ।

दूग्धजन्य पदार्थहरु : दूध, दही र चिजजस्ता डेरी उत्पादनहरु प्रोटिनको राम्रो स्रोत हो । साथै दूग्धजन्य पदार्थमा क्याल्सियम र भिटामिन डि को मात्रा पनि हुन्छ । त्यसैले तपाईं शाकाहारी हुनुहुन्छ भने पर्याप्त प्रोटिनको लागि दूग्धजन्य पदार्थहरु खानुहोस् ।

बदामः बदाम, काजू, र ओखर पनि प्रोटिनको राम्रो स्रोत हो ।

ओट्स : जौ प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यो म्याग्नेसियम र जिंकको पनि राम्रो स्रोत हो । त्यसकारण शाकाहारी मानिसहरुले आवश्यक प्रोटिन पाउनको लागि प्रतिदिन आधा कप ओट्स सेवनगर्न सक्नुहुन्छ ।

भटमास : शाकाहारी मानिसको लागि अर्को उपयुक्त प्रोटिन स्रोत भट्मास हो । तपाईंले प्रोटिनको लागि भट्मासको दुध पनि सेवन गर्न सक्नुहुन्छ । यो प्रोटिनमा समृद्ध त छ नै साथै यसमा भिटामिन डी, बी १२ र क्याल्सियम पनि पाइन्छ ।

जईः जईमा प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यो म्याग्नेसियम र जिंकको पनि राम्रो स्रोत हो । त्यसकारण जो पनि शाकाहारी हुनुहुन्छ उनीहरुले आवश्यक प्रोटिन प्राप्त गर्नका लागि प्रतिदिन आधा कप जईको सेवन गर्न सक्नुहुन्छ ।

सोया दुधः सोया दुध प्रोटिनमा समृद्ध छ र भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत पनि हो ।

टुसा उम्रेको गेडागुडीः टुसा उम्रेको गेडागुडी र भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वले पनि भरिपूर्ण हुन्छ ।halokhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button