खबर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई धर्नामा

गोरखा । बुढीगण्डकी डुवान क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको छ ।

जनप्रतिनिधि एवम् सरोकार समितिका प्रतिनिधिले गरेको धर्ना कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत उपस्थित भएर साथ दिएका छन् ।

जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवदेन सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी बिहिबार गोरखा आएका हुन् । प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्ने बित्तिकै उनी धर्नामा बसिरहेकाहरुलाई साथ दिन त्यही बसेका हुन् ।

धर्ना कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी भएका छन् ।धर्ना दुई घण्टा बस्ने बुढिगण्डकी सरोकार समितिले जनाएको छ ।सञ्चारपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button