स्वास्थ्य

जाडोयाममा  तुलसी यस्ता छन् फाईदा

जाडोयाममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरू आइरहेका हुन्छन् । आफ्नै घरवरीपरि भएका विभिन्न किसिमका वनस्पतीबाट पनि त्यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ भन्ने कतिपयलाई थाहा नहुन पनि सक्छ । त्यस्तै विशेष गुण भएको वनस्पती हो तुलसी ।

तुलसीले औषधीको रुपमा यसले सबै मानवजातिलाई कल्याण नै गर्दछ । झन् जाडो याममा तुलसी निकै उपयोगी साबित हुन्छ । किनभने जाडोमा रुघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या आदि हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले अचूक औषधीको काम गर्छ ।

१. तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ । तुलसीको अद्भूत क्षमताले स्वास प्रणालीको झिल्लीमा पनि सकारात्मक प्रभाव पार्दछ ।

२. निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चा पानीमा घोलेर केही दिन पिउँदा ज्वरो निको पार्दछ ।

४. तुलसीलाई दुधसँग मिसाएर सेवन गर्दा थप लाभ गर्छ । यस्तो मिश्रण खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ । यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा हुन्छ ।

टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई मद्दत गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ । यसैगरी, मुटुसम्बन्धी समस्या हुने व्यक्तिले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।

५. पानीको मात्रा अनुसार हरिया तुलसीका पत्ताहरू हाल्नाले पानी शुद्ध एवं किटाणुरहित बन्छ। तुलसीको पातलाई छायाँमा सुकाएर फिटकिरी मिसाएर पिनेर तयार पारिएको झोलले घाउ शीघ्र निको हुन्छ।

६. ज्वरो, आलश्यता, अरूचि आदि रोगको लागि तुलसीको पातको चिया बनाएर खानाले यी रोगहरू दूर हुन्छन्। तर यसको प्रयोग नियमित हुनुपर्छ।

७. सानासाना बच्चाको घाँटी असजिलो भएमा वा रूघाखोकीले सताएमा तुलसीको रस पिलाएमा आराम हुन्छ। साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ५१० ग्राम तुलसीको रस पियाउनाले आराम हुन्छ।

८. तुलसी पत्रलाई पानीमा उमालेर शरीरको दुखेको भागमा बाफ दिनाले दुखेको ठाउँमा आराम हुन्छ। तुलसीको रस लगाउने लामखुट्टेले टोकेको समेत आराम मिल्छ।

९. स्त्रीको मासिकको समयमा अत्याधिक रक्तश्राव भएमा वा रिगंटा लागेमा तुलसीको रसमा मह मिलाएर खानाले लाभ हुन्छ। साथै तुलसीको बिउमा जिराको चूर्ण र मिश्री मिलाएर साँझ बिहान दूधसँग पिउने गर्नाले पिसाबसम्बन्धी रोग दूर हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button