खबर

कुशे औँसी आज, गोकर्णेश्वरमा तर्पण र मेलाको घुइँचो

काठमाडौं ।

आज भाद्रकृष्ण औँसीको दिन सनातन धर्मावलम्बीहरूले कुशे औँसी पर्व मनाउँदै छन्। वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश आज घर–घरमा भित्र्याइन्छ। ब्राह्मणमार्फत पूजा गरी उखेलेको कुशलाई घरमा राख्दा कल्याण हुने धार्मिक विश्वास छ।

यस दिन छोराछोरीले बाबुलाई मनपर्ने खाना खुवाई सम्मान गर्छन्, बाबु दिवङ्गत भएमा गोकर्णेश्वर मन्दिर, बेत्रावती लगायतका तीर्थस्थलमा गई तर्पण, पिण्डदान र सिदादान गर्ने परम्परा छ।

गोकर्णेश्वरमा विशेष मेला लागिरहेको छ भने रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा पनि श्रद्धालुको भीड छ। धर्मशास्त्र अनुसार आजको दिन गरिएको दानले हजारौँ गुणा फल दिने विश्वास छ।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button