
फक्रेकाे त्याे मेराे बैँस
सम्हालेर राख तिम्रै खाेपीभित्र
कतै बेहाेसी मै मात्तिए भने म
निदरी मै तिमीलाई भेट गर्न सक्छु।
नझुकाउ नजर लीन भै मसँग
मेरा अधरले तिमीलाई चुम्न सक्छ
तिम्राे सुगन्धले पल्लवित भए भने
म भित्र उर्लिएकाे भेलले घात गर्न सक्छ।
तिर्खा मेट्ने तिर्सनामा कतै रमे भने म
दस्तुर तिमीलाई के दिन सक्छु
उठ्न खाेज्दा कतै लरवराए भने म
मेरा हातहरूले घात गर्न सक्छ।
कतै प्रेमकाे सहर उजाडियाे भने
मन शून्यतामा हराउन सक्छ
नझुकाउ नजर लीन भै मसँग
मेरा रागहरूले तिमीलाई घात गर्न सक्छ……!
२०८३/१/२२

