
नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको भन्दै नयाँ विवाद उत्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि, अभियन्ता तथा सरोकारवालाहरूका अनुसार भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी निर्माण कार्य रोक्न दबाब दिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँ लगानीमा नारायणी नदी किनारमा निर्माण भइरहेको तटबन्ध सुस्तालाई नदी कटान र डुबानबाट जोगाउने उद्देश्यले अघि बढाइएको परियोजना हो। तर भारतीय पक्षले उक्त क्षेत्रलाई विवादित भन्दै आपत्ति जनाएको बताइएको छ।



