मूल खबर

झापामा १० लाख ६४ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद

झापा। सशस्त्र प्रहरी बल नेपालले झापाको भद्रपुरबाट १० लाख ६४ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लत्ताकपडा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल झापाका अनुसार २०८३ मंसिर ६ गते भद्रपुर नगरपालिका–५, मेचीकिनारस्थित निर्माणाधीन घरमा भन्सार छली गरी ल्याइएको लत्ताकपडा राखिएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक विजय थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले वडा प्रहरी कार्यालय भद्रपुरसँगको संयुक्त टोलीसहित चेकजाँच गर्दा १५ बोरा लत्ताकपडा फेला पारेको हो।

बरामद गरिएका लत्ताकपडाको मूल्य १० लाख ६४ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि मंसिर ७ गते भद्रपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button