खबरभिडियो चौतारीहेड लाइन

इनम सापकोटाको सनसनीपूर्ण खुलासा : आँखामा पट्टी बाँधेर बयान दिन दबाब दिएको आरोप !

राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता गरिएको निवेदनमार्फत इनम सापकोटाले आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा पुर्‍याइएको र विभिन्न उच्चपदस्थ व्यक्ति तथा व्यवसायीविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन्।

आफूले नबताएका विषयमा हस्ताक्षर गर्न दबाब दिइएको, आफू र परिवारलाई धम्की दिइएको तथा घरमा समेत खानतलासी गरिएको उनको दाबी छ। उनकी श्रीमती कविता पाण्डेले जीवन रक्षाको माग गर्दै आयोगमा निवेदन दर्ता गराएकी हुन्।

निवेदनमा के–के उल्लेख छ? कस–कसको नाम जोडिएको छ? इनमले मानवअधिकार आयोगसँग के माग गरेका छन्? विस्तृत विवरण यस समाचारमा।

समाचारमा उल्लेख गरिएका आरोपहरू निवेदनमा आधारित दाबी हुन्। तिनको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

समाचार हेर्नुहोस्, आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस् र यस्तै तथ्यपरक समाचारका लागि हाम्रो च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button