स्वास्थ्य

डा.केसीको समर्थनमा सरकारी गाडी बन्द गरिँदै

ललित बोहरा

डडेल्धुरा- चिकित्सा शिक्षा सुधारका माग गर्दै ८ दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा सोमबारदेखि डडेल्धुरामा सरकारी गाडीहरू अनिश्चतकालीन बन्द गरिने भएको छ।

सदरमुकामको बसपार्कदेखि तुफानडाँडासम्म टाउकोमा कालोपट्टि बाँधेर संघर्षलाई निरन्तरता दिइने नागरिक आन्दोलन संघर्ष समितिले जनाएको छ।

यस्तै मंगलबार सुदूरपश्चिमको प्रसिद्ध जात्रा उग्रतारा मेलाका दिन मन्दिर परिसरमा प्रवेश हुने सबै स्थानमा हस्ताक्षर संकलन तथा ऐक्यवद्धताका लागि स्टल समेत राख्ने निर्णय भएको नागरिक समाज डडेल्धुराका संयोजक रमेश जोशीले जानकारी दिए।

आइतबार डडेल्धुरा सदमुकाममा नागरिक आन्दोलन संघर्ष समितिको समीक्षा तथा आगामी कार्यक्रमको योजनार्थ बसेको बैठकले भारतसँगको सीमा विवाद साम्य पार्नको लागि पनि दाबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको थियो।

बैठकले जुलुसमा स्थानीय प्रशासनले हस्तक्षेप गरेको आरोप लगाउँदै सो को भर्त्सनासहित उग्रतारा मेलापश्चात् आन्दोलनका कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको नागरिक समाज डडेल्धुराका सदस्य सचिव टेकराज अवस्थीले बताए।स्वास्थ्य खबरपत्रिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button