स्वास्थ्य

“यो फोक्सो हेरेर तपाई धुम्रपान गर्ने आँट गर्नुहुन्छ ?”

तस्बीर स्राेत डेलीमेल अनलाइन (तस्बीर श्यामश्वेत गरिएकाे छ )

काठमाडौं,  । एउटा स्तब्ध बनाउने भिडियो जसमा एकजना शृङ्खलाबद्ध चुरोट तान्ने (चेन स्मोकर) को फोक्सो कालो भएको देखाइएको छ । ५२ वर्षीय एक चिनियाँ बिरामीले मृत्युपछि आफ्नो फोक्सो दान गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । मृत्युपछि चिकित्सकले शल्यक्रिया गरेर अर्को ब्यक्तिमा प्रत्यरोपणका लागि फोक्सो निकाल्दा आफैं चकित भए ।
उक्त सुविधा दिने अस्पतालका उपाध्यक्ष समेत रहनुभएका प्रत्यारोपण विशेषज्ञ डाक्टर चेनले शल्यक्रियाको नेतृत्व गर्नुभएको थियो । उहाँले भन्नुभयो, “मृत्यु अघि बिरामीले सीटी स्क्यान गराएइको थिएन, उहाँको ‘ब्रैन डेड’भएको घोषणा गरियो, लगत्तै उहाँको फोक्सो दान गरियो ।”
“प्रारम्भिक अक्सिजेनेशन सूचकाङ्क ठीकै थियो, तर हामीले दान गरिएको अङ्ग काटेपछि प्रत्यारोपण गर्न नसक्ने महसुस गर्यौं”, डाक्टर चेनले थप्नुभयो – हामी चिनीयाँ चुरोट धेरै खान्छौं, तर चुरोट खाने सबैको फोक्सो स्वीकार नगर्ने अव्यवहारिक हुन जान्छ, यद्दपी केही मापनका आधारहरू छन् । डेली मेलले आफ्नो समाचारमा जनाएको छ ।
तात्कालै मृत्यु भएको ६० वर्ष मुनिका ब्यक्तिको फोक्सो सामान्य संक्रमण रहेको र एक्स रे गर्दा अपेक्षाकृत सफा देखिनेको स्वीकार गर्दै आएको डाक्टर चेनले बताउनुभयो । “यदी माथिको मापनहरू ठीक छन् भने हामी प्रत्यरोपण गर्न तयार हुन्छौं”, उहाँले प्रष्ट्याउनुभयो ।
राष्ट्रिय मुटु तथा फोक्सो संस्थानका प्राध्यापक पिटर ओपनशौले बिरामीको फोक्सामा ‘पल्मोनरी इम्फाइज्मा’को संक्रमण देखियो, परिणामतः अङ्ग सुन्निने र श्वासप्रश्वासमा समस्या देखिएको थप बिस्तार गर्नुभयो । लगत्तै डाक्टर चेनले सामाजिक सञ्जालमा शल्यक्रियाको भिडियो अपलोड गर्दै लेख्नुभयो, “धुम्रपान त्यागौं ।” उहाँले लेख्नुभयो, “थुप्रै धुम्रपान गर्ने ब्यक्तिको फोक्सो यस्तो देखिएको छ, हाम्रो समूहले यस्तो फोक्सो अस्वीकार गर्ने निर्णय गरेको छ, यदी तपाई अत्याधिक धुम्रपान गर्नुहुन्छ भने तपाईको फोक्सो स्वीकारिन्न ।”डाक्टर चेन थप लेख्नुहुन्छ, “यी फोक्सामाथि हेरेर तपाई अझै धुम्रपान गर्ने आँट गर्नुहुन्छ ।”
वर्ष २०१८ मा चिनीयाँ रोग निवारण तथा उन्मूलन संस्थानले गरेको अध्ययनले ३५ करोड ब्यक्ति धुम्रपान गर्छन् ।
विश्व स्वास्थ्य संगठनले वर्ष २०१८ मा गरेको अध्ययन बमोजिम नेपालमा धुम्रपानले वार्षिक २७ हजार १३७ ब्यक्तिको मृत्यु हुँदै आएको छ । जुन कुल मृत्युको १४.९ प्रतिशत हो । औसतमा ३० लाख ४६ हजार नेपालीले दैनिक धुम्रपान गर्छन् । १०–१४ वर्ष उमेरका २१ हजार बालबालिका धुम्रपान गर्दै आएको तथ्याङ्कले देखाएको छ ।गोरखापत्र अनलाइन
प्रस्तुतिः इश्वरचन्द्र झा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button