स्वास्थ्य

घरमै डाक्टर : जाडोमा हिटर वा आगो बालेर सुत्दा किन जान्छ ज्यान?

प्रश्न : जाडोमा हिटर वा आगो बालेर सुत्दा ज्यान जाने खतरा रहन्छ भन्छन् किन होला? के कारणले जान्छ ज्यान?

डा सूर्य पराजुलीको उत्तर :

मुख्यतया जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठामा यो समस्या देखिन्छ । कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वाश प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानी गर्छ।

कार्बन मोनोअक्साइड बिषाक्त रासायनिक ग्यास हो । यसमा कार्वन (सी) र अक्सिजन (ओ) मिसिएको हुन्छ। आगो बालेर बन्द गरिएको कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हँुदै जान्छ । अक्सिजन कम हुनेबित्तिकै कार्वनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया शुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ। यो ग्याँस हावाभन्दा ३ गुणा हलुको हुन्छ । यसको मुख्य स्रोतहरुमा दाउराको आगो, गाडीको इन्जिन, ग्यास, तेल, कोइला, पेट्रोल, स्टोभ आदि हुन्।

हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै गएमा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने , छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ । समयमै थाहा नपाए यही कारणले नै मानिसको मृत्यु हुन्छ।

डा सूर्य पराजुली, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान,स्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button