
बेमौसमी तरकारी खेती गर्ने प्रचलन अहिले निकै बढ्दै गइरहेको छ । बेमौसमी खेती गर्दा यसले बजार पाउने भएकाले किसानको आर्थिक अवस्थामा पनि सुधार ल्याउने र बढि मुल्य पाउने भएकाले पनि पछिल्लो समय बेमौसमी खेती गर्नेको संख्या बढ्दै गएको हो ।
बेमौसमी तरकारी भन्नाले बजार र उपभोक्ताको चाहना अनुसार मौसमी उत्पादन समयभन्दा केहीे समय अघि र पछि उत्पादन गरिने तरकारी हो । किसानहरुले उपयुक्त योजना सहित बेमौसमी तरकारी खेती गरेको खण्डमा उचित लाभ लिन सक्ने विज्ञहरु बताउँछन् ।
बेमौसमी तरकारी खेतीका फाइदा यस्ता छन्
मौसमी तरकारी वा अन्य बाली भन्दा प्रति इकाई जमिनवाट बढी आम्दानी हुन्छ । ताजा तरकारी सधै आपुर्ति हुन्छ । रोजगारका अवसरहरु सृजना हुन्छ । ताजा तरकारी निर्यात सम्भावनामा बृद्धि हुन्छ ।
बेमौसमी तरकारी गर्न के चाहिन्छ ?
सिंचाइको भरपर्दो ब्यवस्था हुनुपर्छ । उत्पादित तरकारी बजार पुर्याउन यातायातको राम्रो ब्यवस्था भएको हुनु पर्छ । सुहाउँदो हावापानी भएको ठाँउका ेजमिन छनौट तथा उपयोग गर्न जान्नुपर्छ । बेमोैसमी तरकारीका उपर्युक्त जातहरुको सहज उपलब्धता हुनुपर्छ । बेमौसमी तरकारी खेतीका तरीकाहरु, विरुवा प्रदायक र प्रविधिबारे प्रयाप्त जानकारी भएको हुनुपर्छ । बजार ब्यवस्थापनको लागी बाली काटने तरिका, ग्रेडिङ, पेकिङ्, ढुवानी सम्बन्धी ज्ञान चाहिन्छ ।हलोखबर



