
दाङ । दाङमा पहिलो पटक ब्यबसायिक रुपमा मेवा खेती शुरु गरिएको छ । घोराही उपमहानगरपालिका ५ बसन्तपुरमा १० कठ्ठा जमिनमा मेवा खेती शुरु गरिएको हो । बसन्तपुर निवासी किसन बहादुर बुढामगरले १० कठ्ठा जग्गा लिजमा लिएर ९ सय बढि मेवाका बिरुवा रोपेका छन्
बैदेशिक रोजगनरीको समयमा भारतमा करिव २५ बर्ष स्याउ खेतीमा काम गरेका बुढामगरले स्वदेशमा केहि गर्नु पर्छ भन्ने उद्धेश्य सहित मेवा र अम्बाको ब्यवसायिक खेती गरेको बताए ।
एक बिगाहा जग्गा लिजमा लिनु भएका उनले १० कठ्ठामा अर्का एक जना संग मिलेर मेवा खेती र १० कठ्ठामा एक्लै अनार र कागती खेती गरेका छन् । मेवाबाट थोरै लगानीमा राम्रो प्रतिफल लिन सकिने र बाँझो जमिन समेत उपभोग गर्न सकिने भएकाले लगानी गरेको अर्का कृषक ओमबहादुर केसीले बताए ।
बिदेशमा काम गरेर बसिरहनु भन्दा स्वदेश मै केहि गरौं भन्ने उद्धेश्यले गएको असारमा मेवाका बिरुवा रोपेर ब्यवसाय शुरु गरेको उनको भनाई छ । बिरुवा रोपेको चार महिना मै उत्पादन दिने भएपनि आफुहरुले समय नमिलाएकोले उत्पादनमा ढिलाई हुने भएको किसान बुढाथोकीले बताए । उनीहरुले रेडलेडि जातको मेवाको बिरुवा रोपेका छन् ।
उनीहरुका अनुसार मेवा खेतीमा चार लाख खर्च भएको छ । जमिन खन्ने, बिरुवा रोप्ने, गोडमेल गर्न र बिरुवा हुर्काउन सम्म उक्त खर्च लागेको उनीहरुको भनाई छ । जिल्लामा अन्य फलफुल खेती हुने गरेको छ तर मेवाको ब्यवसायिक खेती हुन सकेको छैन कृषक केसीले भने, अरुको ब्यवसायिक खेती भन्दा अलि फरक गरौं भन्ने लागेर मेवा खेती शरु गरेका हौं ।,
मेवाको ब्यवसायिक खेती शूरु गर्दा उनीहरुले कृषी ज्ञान केन्द्र संग प्राबिधिक ज्ञान लिई रहेका छन् । जिल्लामा पछिल्लो समय मेवाको ब्यवसायिक खेती बढ्दै गएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । हावा पानी उत्तम, थोरै लगानीमा धेरै उत्पादन लिन सकिने भएपछि जिल्लामा ब्यवसायिक मेवा खेती बढ्दै गएको कृषी ज्ञान केन्द्र दाङका प्रमुख भरत पोख्रेलले बताए ।
उनका अनुसार पछिल्लो समय जिल्लामा मेवाको ब्यवसायिक खेती फस्टाउदै गएको छ । धर्ना संगै नारायणपुर, देउखुरी लगाएतका क्षेत्रमा किसानहरुले ब्यवसायिक रुपमा मेवा खेती शुरु गरेको उनले बताए ।
हलोखबर



