
जयति जय, जय सदगुरु महाराज।
हौं कृपालुु गुरु चरण शरण गहिं, भयो धन्य जग आज जयति जय
जगद लाई धन्य तुल्याउँदै आज १४ जनवरी र मकर संक्रान्ति को शुभ मुहुर्तमा जगदगुरूत्तम घोषित युग महापुरुष पंचम मूल जगदगुरु श्री कृपालुजी महाराज मा हार्दिक बधाई एवं सतकोटी प्रणाम नमन जय होकाशी विद्दत परिषदको।

कमल प्रसाद मिश्र
राधे राधे,
श्रीमत्पदवाक्यप्रमाणपारावारावारीण,
वेदमार्गप्रतिष्ठापनाचार्य, निखिलदर्शनसमन्वयाचार्य,
सनातनवैदिकधर्मपतिष्ठापनसत्संप्रदायपरमाचार्य,
भक्तियोगरसावतार, भगवदनन्तश्रीविभूषित
जगदगुरु १००८
स्वामी श्री कृपालु जी महाराज
प्रिय ,सदगुरुचरणाबृन्द महानुभावहरु।
विष्वकै गुरूकुल बाणारसी अर्थात काँशीका प्रकाण्ड बिद्वान हरूको महा सभा तत्कालीन काँशी बिद्दत परिषद द्वारा सन १९५७को मकरसंक्रान्ति १४जनवरीआजकै दिन माथिका शास्त्रपरक अलङ्कार सहित इतिहासकै उत्तम गुरु जगदगुरूत्तम पदबी द्वारा बिभुसित पंचम मूल जगद्गुरू एवं २१औ सताब्दीका बिश्व बिख्यात आध्यात्मिक प्रकाश पुंज श्री कृपालु जी महाराज हुनुहुन्छ।
प्रिय महानुभावहरु,
सौभाग्यवती जननी भगवती मैयाका पुत्र रत्नका रुपमा सन १९२२को शरदपुर्णिमा मध्यरातमा दिव्यदि दिव्य भुमि भारत बर्षको उत्तर प्रदेश प्रतापगढ जिल्ला स्थित श्री भक्तिधाम मनगढमा अवतिर्ण जगद्गुरु श्री कृपालु जी महाराज का श्री चरण मा जगदगुरूत्तम दिवस १४ जनवरी को यो पावन अवसरमा हामी सतकोटी प्रणाम नमन सहित अटल सौभाग्य लागि सदगुरु देव मा पुन हार्दिक शुभकामना र वधाईअर्पण गरौ
सज्जन बृन्द,
आजकै दिन जगदगुरूत्तम घोषित मुर्तिमान भगवद स्वरुप श्री महाराजजी बाट नै बिश्वमा चलेका प्रमुख १२वटा धर्म र अन्य अन्या धर्म अनी इलोक्टोन, प्लोटन , न्युटन को जगमा उभिएर उर्जा अर्थात ईनर्जी सम्मको बहुच बनाउन सफल बिज्ञान का अन्वेसक बैज्ञानिक हरुका मत र सिध्दान्त लाई समेत समन्वय गरी प्रतिपादित भक्ति प्राधान्य सिध्दान्त ूप्रेम रस ू बर्तमान मा विस्वका सबै भु भागका मानिसहरु बीच आध्यात्मिक प्रेरणाको श्रोत बन्न पुगेको छ भन्नेकुरा मा कुनै दुईमत छैन।
यस्ता ऐतिहासिक बिभुति महापुरुष जस्ले स्समस्त जीव र मानिसहरुको कल्याण का लागि आफ्नो संपुर्ण जीवन ९२बर्षको उमेर सम्म खर्चिनुभयो स्उहां अर्थात श्री कृपालुजी महाराज ले लगाएको ऋणबाट उऋण हुन त हामीसबैले ऊहाँद्वारा प्रतिपादित सिध्दांत अनुसार भगवदीय पथमा लामबद्ध हुन जरूरी छ र यहि नै आत्मकल्याण का लागि अकाट्य मार्ग पनि हो। यसरी युग सुहाउदो सर्बधर्म समन्वय मा आधारित बैदिक सिद्धान्त को प्रतिपादन गर्नुहुने जगदगुरु श्री कृपालुजी महाराज लाई ३४बर्षको कलिलो उमेरमा नै लगातार दुई बर्षसम्म दुई बर्षसम्मको शास्त्रार्थ भारतका अलगर अलग स्थानहरु चित्रकुट, कानपुर,र काँशीमा हज्जारौ प्रकान्ड बिद्वानहरुका साथ गरिदा समेत शास्त्रार्थ महारथी, सटशास्त्री साथै बिद्या अनी बुद्धिका सुप्रिमो बृहस्पति र सरस्वती संग समेत नझुक्ने स्वभाव भ एका बिद्वानहरु पछिपरेपछि काँशी बिद्दत परिषद ले उहाँ सामान्य मानिस न भ ई दिब्य ज्ञानयुक्त भक्तिरसावतार पदबी सहित आज पर्ने १४जनवरी मकरसंक्रान्ति का दिन जगदगुरूत्तम पदबी ले घोषणा गर्न बाध्य एको थियो।
सम आदरणीय सज्जन बृन्द,
वास्तवमा,, सबै समस्या हरुको समाधान भगवान को नाम गायनका साथ हुने मनोहारी रुपध्यान युक्त निष्काम साधना भक्ति बाट मात्र सम्भव छ भन्ने तत्वज्ञान अनि प्राक्टिकल साधना गराउनु हुने श्री महाराजजी नै यस्तो संत हुनुहुन्छ न उहाँको कुनै संप्रदाय छ, न उहाँद्वारा स्थापित बृहत अन्तराष्रटिय संस्था जगदगुरु कृपालु परिषद द्वारा बिश्वभरी हुने साधनायुक्त आध्यात्मिक गतिविधि मा ठुलो, सानो जातीय लिङ्गिय, देशिय, क्षेत्रिय र बर्गिय बिभाजन नै देखिन्छ११ आखिर भगवानका सन्तान जीवात्मा सबै एक हुन र यी सबै जीवात्मा लाई करूणा ,दया अनी कृपा बर्षाउने भनेको परमात्मा श्रीकृष्ण की समेत आत्मा श्री श्री राधारानी हुनुहुन्छ भन्दै भक्तिको सर्बोच्च कक्षा महाभाव माधुर्य भक्ति श्री राधाकृष्ण को आराधना निष्काम भाव मा मनबाटै गर्नुपर्ने उपदेश दिनुहुने जगदगुरू श्री बाटै यसपुर्ब स्पष्ट हुन नसकेको राधा तत्व समेत बर्तमान मा प्रष्फुटित भ एको छ नै र सबै निसंकोच परमं वन्दनीय नाम राधे ,राधे भजिरहेका छन भन्दा अतिशयोक्ति नहोला।
प्रिय तत्व जिज्ञासु धर्मानुरागी महानुभावहरु,
हाम्रो सनातन बैदिक धर्मको अधिष्ठाता मानिने वेद शास्त्रमा बाझिएका परस्पर बिरोधी मतलाई समेत सरलतम भाषामा समन्वयगरी संझाईदिनु हुने श्री कृपालुजी महाराज द्वारा प्रकटित ग्रन्थ का प्रत्वेक वाक्य स्वयमं मा वेदशास्त्र उभिएको तपाई हामी जो कोहिले पनि अनुभव गर्न सक्छौ।
यस्ता वेद पुरूष अथवा मुर्तिमान भगवदस्वरुप , बिश्वका पंचम मूल जगदगुरु एवं २१औ सताब्दी का विश्व बिख्यात आध्यात्मिक प्रकाश पून्ज जगदगुरू श्री कृपालुजी महाराज
शरदपुर्णिमा रात जसलाई महाह्रास पर्बका रुपमा लिईन्छ त्यैरात श्री राम कृष्ण भक्तिका मुर्तिमान स्वरुप श्री राधाकृष्ण युगल अवतारम्य बनेर भारत यु पी को प्रतापगढ जिल्ला स्थित कुन्डा नजिक मनगढ गाउँको एक उच्च ब्राम्हण परिवारमा प्रकट हुनुभ एको त माथि नै उल्लेख गरिएको छ नै। हो,यस्ता ऐतिहासिक बिभुति श्री महाराजजी ले बाल्यकालको देखिनै भक्तिका अनेकौ भावमा लीला मन्चन गर्दै चित्रकुटको घना जंगल र ब्रज अर्थात बृन्दावन मथुराका लतन पतन गल्ली र कुन्ज निकुन्जमा भावावेश अबस्था मा रहनु भ एको थियो। शोत्रिय ब्रम्हनिष्ठ सदगुरूदेवले अनिवार्य शिक्षाको उपक्रम पुरागर्नु पर्ने अबस्थाकै बीचमा १६बर्षकै उमेरमा बनारस बिश्वबिद्यालय मा टपर हुदै स्नातकोत्तर आचार्य को उपाधि प्राप्त गर्नुभ एको थियो । जगदगुरु घोषणा पूर्व श्री कृपालु परमं हंस बाट परिचित ऊहाँले जगदगुरूत्तम पदबी प्राप्ति पछि पनि लामोसमय अधिकारीजन का बीचमा रहेर साधना भक्तिको उपहार दिईरहनु भयो र सन १९८०को दशक पछि आफुद्वारा प्रतिपादित सिद्धान्त को र भगवननाम महात्म्य को प्रचार गर्न दर्जनौ बिद्वान र बिदुषी प्रचारक प्रचारिका बिश्वका बिभिन् भागमा बिभिन्न भाषाका नियुक्ति गरी खटाए अनुसार अहिले नेपाल, भारत अमेरिका, बेलायत,ट्रिनिडा अष्टेलिया ,क्यानाडा, यूरोप लगायत बिश्वभरी गुरूदेवद्वारा पित पहेलो बस्त्र अनि दिब्य ज्ञान प्राप्त प्रचारक प्रचारिका प्रचार प्रसारमा खटिनु भ एको छ नै। अनगन्ति संकीर्तन रचना र तत्वज्ञान युक्त पुस्तक समेत सदगुरूका उपहार रहेका बर्तमान युगको मागलाई सम्बोधन गर्दै जगदगुरु कृपालु परिषद द्वारा आई टि मा आधारित गुरु ज्ञान प्रचार लाई समेत त्यत्तिकै अगाडि बढाईएकोछ।
प्रिय ,श्री गुरुचरणानुरागी महानुभावहरु,
त्यतिमात्र होईन कलिमलग्रस्त मायिक हामी बर्तमान पुष्ता लाई भगवान र उहाँ का लीला साथै शास्त्रबारे बुझ्नू सजिलो होस भनेर जगदगुरु श्री कृपालुजी महाराज कै अगुवाई मा उहाँ को जन्मस्थान श्री मनगढ धाम। बृन्दावन र बरसाना धाममा सुबिधायुक्त साधना भवन आबास सहित हाईटेक मन्दिर निर्माण गरी संचालन मा आएका छन भने यी तिनै स्थानमा निशुल्क सुबिधा सम्पन्नअष्पताल समेत संचालितछन। जगदगुरु कृपालु योग बिश्वबिद्यालय र महिला महाबिद्यालय समेत भारतका कतिपय स्थानमा निशुल्क संचालनमा ल्याऊनुभ एको कृपा स्वरुप श्री कृपालु गुरूदेवले साधु सन्त बिधवा र गरिव बाल बालिकाका लागि बार्षिक रुपमा प्रत्यक्ष लाभपुग्नेगरी दान उपहार कोष खडागरिदिनु भ एको बारे त सबैलाई थाहा भ एकै छ।
प्रिय तत्वदर्शी महानुभाव,
हाम्रो सनातन वैदिक धर्मको इतिहास मा पूर्णब्रम्ह भगवान श्री कृष्णको दिव्य लीला समापन लगत्तै बर्तमान कलियुग प्रारम्भ भ एपछि आदिजगदगुरू श्री शंकराचार्य, जगदगुरु श्री निम्बार्काचाय, जगदगुरु श्री रामानुजाचार्य र जगदगुरू श्री माध्वाचार्य पछि सातसय बर्ष खाली रहेको जगदगुरु पदमा आषिन श्री महाराजजी भक्तिका अवतार श्री गौरांग महाप्रभु कै दोस्रो स्वरूप श्री राधाभाव अवतारकौ रुपमा रहनु भ एको घामजस्तै छर्लङ्ग छ।
पछिल्लो समय श्री बृन्दावन धाममा श्री महाराजजी ले निर्माणगरी हाल बिस्वकै धार्मिक पर्यटनको केन्द्र भाग ओगटन सफल प्रेम मन्दिर त २१शताब्दिका लागि श्रीमद भागवतको मुर्तिमान स्वरुप भ एको मन्दिर दर्शन गर्ने सबैले बताउने गरेको पाईन्छ नै।
श्रद्येय भगवदीय प्रेम पिपासु जन,
नेपाल र हामी नेपालीलाई समेत सधै, सधै माया स्नेह दिईरहनु हुने युगका ज्वजल्यवान नक्षत्र श्री कृपालुजी महाराज को चाहना भनेकै भौतिक रुपमा बिकशित स्वाधीन स्वतन्त्र आत्मनिर्भर नेपाल हो। श्री महाराजजी कै भनाई अनुसार ऋषि मुनि सन्त महापुरुष को तपोभूमि शुन्दर हिमालय को काखमा रहेको नेपाल आध्यात्मिक रूपमा उन्नत बन्न बनाउन नेपाली हरु लाग्नु पर्छ ११यसमा मेरो सधै निस्वार्थ सहयोग साथ रहन्छ, भनेर नेपाल को सर्वोत्तम हितमा आफ्ना अभिव्यक्ति दिईरहनु हुने ईतिहास के उच्चत्तम गुरु जगदगुरू श्री कृपालुजी महाराज लाई विश्वकै गुरुकुल काशीमा जगदगुरूत्तम घोषणा गरिएको दिव्य पावन दिन १४जनवरी र मकर संक्रान्ति को यो पुनित अवसरमा,
आऔ हामी नेपाली लाई समेत सधै कृपा गर्नुहुने सदगुरु प्रति सतकोटी प्रणाम नमन गर्दै भगवानको निष्काम भक्तिमा जुटने प्रण गरौ। कृपासिंधु श्री गुरूदेवले हामीलाई सधै सधै कृपा गरिरहनु भ एकोछ। किनकी नामै वहाँको कृपालु काम मै श्री कृपालु को कृपा कृपा कृपा कृपा
भक्तियोग रसावतार पंचम मुल जगदगुरु श्री कृपालुजी महाराज को जय जय जय
अनी ऐतिहासिक जगदगुरूत्तम दिवस १४जनवरी यानिकी मकर संक्रान्ति को यो पुनित अवसरमा पुनस्श्री कृपालु गुरुदेव मा सतकोटी प्रणाम नमन साथै यहाँ हरु सबै सबै मा जगदगुरूत्तम दिवस र मकर संक्रान्ति को भक्तिमा शुभकामना
अन्त्यमा श्री गुरुदेव कृपाल की ,बलि।
जिनके दिव्य वचन सुनि छुटत,ग्रन्थि अविद्या )जाल की ,बलि।
जगदगुरूत्तम दिवस मकर संक्रान्ति।राधे राधे।


