कृषि र किसान

२ अर्ब ५० करोडको ऋणपत्र जारी गर्दै कृषि विकास बैंक

ललितपुर। कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर विक्री गर्ने भएको छ ।

बार्षिक १० दशलव ३५ प्रतिशत ब्याजदर दिनेगरी बैंकले सात वर्षे डिबेञ्चर जारी गर्न लागेको हो । विक्रम संवत २०८३ मा परिपक्व हुने उक्त डिबेञ्चरको मूल्य प्रति कित्ता १ हजार रुपैयाँ तोकिएको छ ।

यही माघ ७ गते गरिने बैंकको ५३औं वार्षिकोत्सवको बारेमा जानकारी दिन आईतबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकमा प्रविधिगत सुधार गरेको भन्दै बैंकिङ सुरक्षालाई समेत जोड दिएको दाबी गरे ।

यस्तै बैंकले भ्रमण वर्ष २०२० लाई लक्षित गरी होमस्टे एसोसियसन नेपालसँग सम्झौता गरि होमस्टे कर्जा प्रवाह गर्ने पनि उनले जानकारी दिए । कृषि विकास बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गरेको छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button