मूल खबरस्वास्थ्य

धुम्रपान र सुर्तीजन्य पदार्थविरुद्ध विराटनगरमा र्‍याली, बैशाख भित्र प्रदेश १ लाई धुम्रपानमुक्त बनाइने

सरोज यादव, विराटनगर ।

विराटनगरमा स्वस्थ्य जीवन प्रवद्र्धन अभियान अन्तर्गत धुमपान तथा सुर्तीजन्य पदार्थ नियमन सम्बन्धी बृहत सचेतनामुलक र्‍याली निकालिएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा सोमबार बृहत र्‍याली निकालिएको हो । र्‍यालीमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा स्वस्थ जीवन प्रवद्र्धन अभियान मोरङका संयोजक नरेश पोखरेल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायत विद्यार्थी, सम्बन्धित क्षेत्रका प्रतिनिधि, विभिन्न पेशाकर्मी तथा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

र्यालीमा सहभागीहरुले धुमपानको एक खिल्ली क्यान्सरले बनाउँछ विचल्ली, रोगपछिको उपचार होईन आरोग्यताको खोजी, धुमपान त्यागौँ जीवन बचाऔँ, लगायत धुमपान तथा सुर्तीजन्य पदार्थ विरुद्धका नारा लेखिएका सचेतनात्मक पर्चा तथा सांकेतिक चिन्हहरु बोकेका थिए ।

विरेन्द्र सभागृहबाट सुरु भएको र्‍याली विराटनगरको विभिन्न भाग परिक्रमा गरी महेन्द्र चोकमा पुगी सभामा परिणत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न अग्रजहरुबाट सिक्दै जाने चलन रहेको तर नियन्त्रण र नियमनमा कसैको ध्यान जान नसकेको बताए । उनीहरुले यो अभियान विद्यार्थी र युवाहरुमात्र नभएर अभिभावक समक्ष पनि लानुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर पराजुलीले महानगरले यस अभियानलाई चाँडै सुरु गर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले स्कुल, कलेज परिसरमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नदिने बताउनुभयो । सामाजिक विकास मन्त्री घिमिरेले शैक्षिक संस्था, स्वास्थ्य संस्थाको सय मिटर आसपासमा सुर्तीजन्य पदार्थ विक्री वितरण नगर्न आग्रह गर्नुभयो । उनले धुमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि प्रदेशबासीहरुले सक्दो साथ दिनुपर्ने बताउँदै क्रमिकरुपमा माघ मसान्तमा मोरङलाई र नयाँ वर्षसम्ममा प्रदेश १ लाई नै धुमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनयुक्त प्रदेश घोषणा गरिने बताउनुभयो ।

कार्यक्रममा चिकित्सकले धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट हुने हानीबारे बताएका थिए भने जिसस प्रमुख पोखरेलले यस अभियानलाई सफल बनाउन सबैको सक्रियता रहनुपर्ने बताउनुभयो । सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन जारी भएको ८ वर्षपछि प्रदेश १ मा यसको कार्यान्यनका लागि तदारुकता देखाएको हो । ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने ब्यवस्था छ ।newsofnepal

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button