खबर

अज्ञातसमूहद्वारा एकै परिवारका चार को हत्या

काठमाडौं । अफगानिस्तानमा आइतबार अज्ञातसमूहद्वारा एकै परिवारका चार सदस्यको हत्या भएको छ।
अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको हत्या गरेको हो ।

हत्या गरिएकाहरुमा तीन जना बालबालिका पनि रहेको सञ्चार माध्यमले जनाएको छ। अज्ञात सशस्त्र समूहले आक्रमण गरेका यो घर सरकारी कर्मचारी भएको बताइएको छ । सञ्चार माध्यमका अनुसार सरकारी कर्मचारीको घरभित्र छिरेर मारिएका व्यक्तिहरुमा आमा र तीन बालबालिकालगायत परिवारका चार सदस्यलाई निर्मम हत्या गरेका छन् ।

युद्धग्रस्त यस मुलुकमा गएको तीन दिनमा नै परिवारका सदस्यहरूको क्रुर हत्या भएको यो दोस्रो घटना हो । गत शनिबार अफगानिस्तानको उत्तरी प्रान्त फर्याब अन्दखोई जिल्लामा यस्तै घटनामा केही अज्ञात हतियारधारी व्यक्ति एउटा घरभित्र पसेर एक परिवारका चार सदस्यको हत्या गरेका थिए । यस घटनाको अनुसन्धान गरी न्याय दिलाउन कोसिस जारी रहेको छ ।

एजेन्सी/newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button