मूल खबर

भ्रष्ट पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट, नेकपाले पर्चा जारी गर्दै भन्यो– भ्रष्टाचारीमाथि कारबाही

२०७६, २८ फाल्गुन बुधबार १०:१७ ई-रातो खबर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गर्दागर्दै विवादमा परेर राजीनामा दिन बाध्य पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटामाथि भ्रष्टाचारी घोषणा गर्दै कारबाही गरेको छ । बुधबार बिहान भक्तपुरमा रहेको उनको घरमा बम विस्फोट भएको थियो ।

घटनास्थलमा नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ शीर्षकमा जारी पर्चामा बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेको, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेको, १९ अर्बको फोर–जी सेवा विस्तारका क्रममा करोडौँ रकम दुरुपयोग गरेको, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका निर्वाह गरेको, मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवासुविधाका नाममा करोडाैँ हिनामिना गरेको, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेको, नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेको, राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएको, आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएको, देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक पात्र भएकोलगायत १० प्रमाण पेस गरिएको छ ।

स्मरणीय छ, नेकपाले ललिता निवास जग्गा घोटालाकाण्डका मुख्य अभियुक्तहरूको घर र जग्गामा पनि यसैगरी कारबाही गरेपछि अख्तियारले बाध्य भएर छानबिनको नाटक अघि बढाएको थियो ।

रातो खबरलाई प्राप्त नेकपाद्वारा जारी पर्चामा भनिएको छ :

भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडाैँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button